अमेरिका र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ « Khabarhub

अमेरिका र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिका र पोर्चुगललगायत देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले सिन्धुपाल्चोकका २३ वर्षीय टीकाबहादुर भण्डारी र भक्तपुरस्थित मध्यपुर ठिमीका ४४ वर्षीय उज्वल खड्कालाई पक्राउ गरेको हो ।

खड्कामाथि मध्यपुर ठिमी नगरपालिका वडा नम्बर १ लोकन्थलीकी सुनिला गुरूङसहित ४४ जनालाई वैदेशिक रोजगारीका लागि अमेरिका, जर्मनी, बेलायत र जापान लगिदिने भन्दै प्रतिव्यक्ति ३ लाखभन्दा बढी रुपैयाँ ठगी गरेको आरोप छ ।

खड्कालाई प्रहरीले रौतहटस्थित चन्द्रपुर नगरपालिका वडा नम्बर ४ चपुरबाट पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ । पक्राउ गरेका भण्डारीमाथि मिलन तामाङसहित १० जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै पटकपटक गरी १५ लाख बढी ठगी गरेको आरोप छ ।

उनलाई ताहाचलबाट प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहविरूद्ध थप १० जनाबाट उजुरी प्राप्त भएको छ ।

कास्की, दाङ, मोरङ, रूकुमलगायत जिल्लाहरूबाट पीडितहरूले ५ करोड १९ लाखभन्दा बढी रकम ठगी गरेको आरोपसहित निवेदन दिएका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ५ : ४६ बजे

झापा ३ : राप्रपाका राजेन्द्रभन्दा रास्वपाका पाठक अगाडि 

काठमाडौं– झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र

प्यूठानमा रास्वपाका सुशान्त वैदिकको अग्रता, एमालेका सूर्य थापा पाँचौँ स्थानमा

प्यूठान– प्रतिनिधिसभा निर्वाचन क्षेत्र एउटा मात्रै रहेको प्युठानमा राष्ट्रिय स्वतन्त्र

रुकुम पश्चिममा जनार्दनको सुरुवाती अग्रता

काठमाडौं– रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले अग्रता लिएका

कांग्रेसले लज्जास्पद हार भोग्दै गर्दा उपसभापति शर्माले स्वीकारे मतपरिणाम

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको परिणामलाई

म्याग्दीमा महावीरलाई अग्रता, पछ्याउँदै एमाले 

म्याग्दी – प्रतिनिधिसभा क्षेत्र नम्बर १ को मतगणना अनुसार स्वतन्त्र