ब्राइटनमाथि न्युक्यासलको सहज जीत « Khabarhub

ब्राइटनमाथि न्युक्यासलको सहज जीत


५ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जारी इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेड विजयी भएको छ । शुक्रबार बिहान सकिएको खेलमा न्युक्यासलले ब्राइटनमाथि ४–१ गोल अन्तरको जित दर्ता गर्दै तेस्रो स्थान कायमै राखेको हो ।

न्युक्यासले ब्राइटनका खेलाडीले गरेको आत्मघाती गोलबाट सुरुवाती अग्रता लिन सुरु गरेको थियो । ब्राइटनका डेनिज उनडभले आफ्नै पोस्टमा गोल गरेपछि २२ औं मिनटमा न्युक्यासलले १–० को अग्रता लियो ।

पहिलो हाफको अतिरिक्त समयमा न्युक्यासलका डान ब्रुनले थप  गोल गरेपछि न्युक्यासल २–० ले अघि बढ्न सफल भयो । दोस्रो हाफको ५१औं मिनेटमा ब्राइटनका उनडभले गोल फर्काए पछि खेल २–१ को स्थितिमा रहन पुग्यो ।

तर, खेलको ८९औं मिनेटमा कलुम विल्सनले गोल गरे पछि खेल  ३–१ को स्थितिसहित सहज रूपमा अघि बढ्यो। तर, त्यो लामो समयसम्म स्थिर रहन सकेन ब्रुनो रोड्रिगेजले दोस्रो हाफको अतिरिक्त समयमा थप गोल गरेपछि न्युक्यासले ४–१ को सहज जीतसहित तेस्रो स्थानमा कायम रहन सफल भयो ।

प्रकाशित मिति : ५ जेठ २०८०, शुक्रबार  ७ : ४३ बजे

विपद्पछिको पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा छ : अस्ट्रेलियाली प्रधानमन्त्री

न्यूयोर्क – अस्ट्रेलियाका प्रधानमन्त्रीले विनाशकारी बाढी र पहिरोबाट सिर्जित संकटसँग

पहिरोले बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्री बालेनले राष्ट्रसङ्घ सहासभामा उठाएका १७ सवाल

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसङ्घको ८१औँ

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र