लिभरपुलका चार खेलाडीलाई बिदा गर्न शनिवार विशेष कार्यक्रम | Khabarhub Khabarhub

लिभरपुलका चार खेलाडीलाई बिदा गर्न शनिवार विशेष कार्यक्रम


५ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लिभरपुलका चार खेलाडीले यस सिजनको अन्त्यमा क्लब छाड्ने पक्का जस्तै भएको छ ।

सो क्लबका फरवार्ड रोबर्टो फिर्मिनोसहित मिडफिल्डर जेम्स मिलनर, एलेक्स च्याम्बरलेन र नेबी केइटाले सिजन समाप्त भएपछि लिभरपुल छाड्ने निश्चित भएको छ ।

लिभरपुल छाड्न लागेका चारै खेलाडीको सम्झौता यसै सिजनको अन्त्यमा सकिँदै छ । सो सम्झौता सकिए सँगै उनीहरूले बिदा हुन लागेका हुन् ।

२०१९ मा च्याम्पियन्स लिग र २०१९/२० को सिजन प्रिमियर लिगको उपाधि जितमा यिनीहरूको महत्त्वपूर्ण भूमिका रहेको लिभरपुल व्यवस्थापनले स्मरण गरेको छ । जसकाकारण पनि लिभरपुलले शनिबार घरेलु मैदानमा हुने एस्टन भिल्ला विरुद्धको खेलमा चार खेलाडीलाई विशेष सम्मानसहित अनौपचारिक रूपमा बिदाइ सन्देश दिनका लागि विशेष कार्यक्रमको आयोजना गरेको छ ।

सो सम्मान कार्यक्रम पछि यस सिजन लिभरपुलले घरेलु मैदानमा खेल्ने अन्तिम खेल हुनेछ ।

मिलनर र फिर्मिनो सँगै अर्थात् २०१५ मा लिभरपुलमा आबद्ध भएका थिए । सो अघि म्यानचेष्टर सिटीमा रहेका ३७ वर्षीय मिलनरले भने प्रिमियर लिगमा ६ सय १७ खेल खेलेको रेकर्ड रहेको छ । उनी लिभरपुलबाट सर्वाधिक खेल खेल्ने सूचीको तेस्रो स्थानमा रहेका छन्।

यसैगरी, २ सय ५४ खेल खेलेर बिदा हुन लागेका फिर्मिनोले भने लिभरपुलका लागि ८० गोल गरेका छन् । ३१ वर्षीय फिर्मिनोसँगै मोहमद सलाहा र साडियो मानेको लिभरपुलमा खुबै जमेका खेलाडीको रूपमा स्मरण गरिन्छ ।

केइटाले लिभरपुलका लागि सबैभन्दा कम अर्थात् जम्मा १ सय १९ खेल खेल्दै ११ गोल मात्रै गरेका छन् भने चेम्बर लेनले १ सय ४६ खेलबाट लिभरपुलका लागि १८ गोल मात्र गरेका छन् ।

प्रकाशित मिति : ५ जेठ २०८०, शुक्रबार  ७ : ५६ बजे

इंग्लिस प्रिमियर लिग : उल्भ्सविरुद्ध चेल्सीको सानदार जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सानदार जित निकालेको छ

आठवर्षसम्म पाएन मङ्गलाले प्रशासकीय भवन बनाउन निःशुल्क जग्गादाता

म्याग्दी- म्याग्दीको मङ्गला गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्ने योजना स्थापनाको

पीएसबी नेपालको एक वर्ष पूरा, ‘एनटिभी वर्ल्ड’ शुभारम्भ हुँदै

काठमाडौं– सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपालले स्थापनाको एकवर्षे यात्रा पूरा

गर्भवतीलाई पोषण भत्ता वितरण

तनहुँ– तनहुँको व्यास नगरपालिकाले दुई सय ९५ गर्भवतीलाई पोषण भत्ता

रासायनिक मल वितरणका लागि ‘अनलाइन सिस्टम’ विकास गर्छौ : मन्त्री परियार

पर्सा– कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले सरकारी