ओपन डोर पोलेसी, युद्ध र उग्र पुँजीवाद | Khabarhub Khabarhub

ओपन डोर पोलेसी, युद्ध र उग्र पुँजीवाद


५ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

सन् १९७० को दशकमा चीन र अमेरिका बीचको सम्बन्धले नयाँ उचाइ लियो। यसै क्रममा सन् १९७८ को डिसेम्बरमा डेङ्ग सियाओपिङ्गले ‘ओपन डोर पोलेसी’ मार्फत चीनलाई विश्व बजारमा खुल्ला गरे। कोमिताङ्ग युगपछि चीन विश्व बजारमा खुला भएको यो पहिलो घट्ना थियो। अमेरिकाको लागि चीनसँग ७० को दशकमा सम्बन्ध विस्तार तत्कालीन सोभियत संघसँगको सम्बन्धमा ‘सन्तुलन’ कायम गर्नु तथा चीन–सोभियत संघको टकरावको फाइदा लिनु थियो। तत्कालीन समयमा चीन र सोभियत संघमा मेकर्स तथा लेनिनको दर्शन तथा सिद्धान्तको सैद्धान्तिक तथा व्यवहारिक पक्षको व्याख्या तथा कार्यान्वयनको टकराव हुने गरेको थियो।

तत्कालीन समयमा अमेरिकाको बुझाईमा चीनलाई विश्व बजारसम्म जोड्ने सके यसको अथाहा सस्तो श्रमको फाइदा लिन सकिने भन्ने थियो र कालान्तरमा चीनको विकासमा पूर्ण अमेरिकी कब्जा हुने अनुमान थियो। अमेरिकाले चीनलाई विश्व बजारमा खुला गरेसँगै चिनियाँ समाजमा अमेरिकी मूल्य एवं मान्यता विस्तार गर्न चाहन्थ्यो। तर ठिक उल्टो भयो।

चीन १९७८ को ‘ओपन डोर पोलेसी’ बाट विश्व बजारमा संसारको कारखाना भएर उदायो। सन् २००१ म विश्व व्यापार संगठनबाट विश्वको अर्थ व्यवस्थानै उलटपुलट गर्‍यो। सन् १९७८ देखि १९८९ को बीचमा चीनको निर्यात विश्वमा ३२ औँ बाट १३ औं स्थानमा पुगेको थियो। जुन कुल अन्तर्राष्ट्रिय व्यापारको झण्डै दोब्बर थियो। विश्व व्यापार सङ्गठनका अनुसार सन् २०१० मा चीनको १०.४५ प्रतिशत विश्व बजारमा हिस्सा थियो भने सन् २०२२ सम्म आइपुग्दा करिब १८ प्रतिशत पुगेको देखिन्छ।

सन् २०२२ मा चीनको कुल निर्यात भनेको ३.५ ट्रिलियन डलर हो भने आयात २.७ ट्रिलियन डलर हो। यसरी १९७८ मा डेङ्ग सियाओपिङ्गले खिँचेको बृहत् आर्थिक योजनाले चीनको कायापलट गर्‍यो । चीनमा माओले मार्क्सवादको सैद्धान्तिकरण मात्र गरे।

सियाओपिङ्गले राजनीति र अर्थनीति छुट्याए। अहिलेको चीन त्यही एडम स्मितद्वारा सैद्धान्तिक रुपमा विकसित पुँजीवादको चरम रूप अभ्यास गरेको छ। यस्तो व्यवस्था जहाँ राजनीतिक प्रणाली पूर्ण साम्यवादी शैलीको छ र आर्थिक व्यवस्था उग्र पूँजीवादी छ।

पूँजीवादको जड युरोपमा बस्यो, बेलायतले मलजल गर्यो, अमेरिकाले यसको अन्तर्राष्ट्रियकरण गर्यो भने चीनमा यसको जबर्जस्त अभ्यास भयो। पुँजीवाद विस्तारै अफ्रिका भित्र प्रवेश गर्दै छ। त्यो पनि चीनकै नेतृत्वमा जसले पश्चिमी प्रभुत्व रोक्न खोज्दैछ । त्यसैले पूँजीवादको अन्त्यको विषय उठान गर्ने ‘स्कुल अफ थट्’ र त्यो पनि वाम विद्वानहरू मार्फत, हाँस्यास्पद देखिन्छ।

विश्लेषकका अनुसार चीनको उदय सुषुप्त हो। तर विश्वको एक नम्बर महाशक्ति यही सुशुप्त ढंगबाट हुने सम्भावना कम देखिन्छ। अमेरिकी प्रोफेसर ग्राहम एलिसनले कुनै बेला थ्युसाइडाइड्स ट्राप भन्ने पदावली प्रयोग गरे। जसमा उदाउँदो शक्तिले आफ्नो विश्व प्रभुत्व कायम गर्न स्थापित शक्तिलाई चुनौती दिन्छ र यसले युद्धको स्थिति निर्माण गर्छ भनेका थिए। धेरै हदसम्म संसार अमेरिकी चीन द्वन्द्वको जोखिममा गइरहेको देखाउँछ। तर त्यो रक्तपात पूर्ण हुन्छ वा ‘हाईब्रिड’ परिवृत्तिको हुन्छ।

‘हाईब्रिड’ भन्नाले अर्थतन्त्र, सूचना प्रविधि एवं प्रोपागान्डा हो। जसमा अहिलेको परिप्रेक्ष्यमा चीन तथा अमेरिकबीच यी क्षेत्रमा व्यापक घम्साघम्सी देखिन्छ। अमेरिकाले राष्ट्रिय सुरक्षासँग सम्बन्धित सूचना तथा प्रविधिका उपकरण एवं यसमा जडान हुने माइक्रो चिप लगायतको चीन निर्यातमा रोक लगाएको छ। दैनिक जसो चीन तथा अमेरिकी पत्रपत्रिकामा एक अर्कालाई कडा निशाना साधिएको लेख रचना प्रकाशित हुन्छन्। यी सबै ‘हाईब्रिड’ युद्धका पक्षहरू हुन्।

अन्त्यमा
सन् १९४५ पछि अमेरिकाले सिर्जना गरेको उदारवादी व्यवस्थाले चीनलाई विश्वव्यापिकरणको फाइदा लिने लगायत अन्य मुलुकसँग व्यापार गर्ने मौका पाएपछि विश्व बजारमा हैकम कायम गरेको देखिन्छ। भूमण्डलीकरणबाट लाभान्वित भएका अधिकांश राष्ट्रहरू अमेरिकाका ‘मित्र’ देशहरूमा परिणत भए। तर चीनले भने आफ्नो ‘अपमानको शताब्दी’ को बदला लिइदै गरेको देखिन्छ। विशेषगरी पश्चिमी जगतका लागि सबैभन्दा ‘निर्विवाद प्रतिद्वन्द्वी’ को रूपमा उभिएको छ।

सन् १९७८ पछि खुला भएको चीन, सन् २००१ मा चीनको विश्व व्यापार संगठनमा प्रवेश, सन् २०१० मा विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको र हाल युक्रेनमाथि रुसी आक्रमणमा तटस्थ बसेर निर्णायक देश बनेको चीनको कथा रोचक छ। चीन तुलनात्मक रुपमा अलि ‘अन्तरमुखी’ मुलुक हो जसले गर्दा अमेरिका जस्तो शक्तिशाली वा नेपाल जस्तो कम अन्तर्राष्ट्रिय हैसियत भएको देशलाई चीन नीति निर्माण गर्न अलि कठिन छ। 

नेपालमा अहिले भइरहेको चीन-अमेरिका प्रोक्सी युद्धका कारणले गर्दा हाम्रा लागि त्यति सुखद छैन। कमजोर राष्ट्र पहिला पनि सोभियत संघ–अमेरिकी शीतयुद्ध मा प्रोक्सी युद्धको शिकार भएका थिए। नेपालमा पनि तत्कालीन विकास साझेदारीका योजनामा यी दुई मुलुकको प्रभाव देखिन्थ्यो। अफगानिस्तान, भियतनाम वा कोरिया भने प्रोक्सी युद्धका शिकार नै भए। तसर्थ, बढ्दो द्वन्द्वको सम्भावना न्यूनीकरणका लागि चीन-अमेरिका शान्तिपूर्ण सहअस्तित्वको आशा गरौँ।

प्रकाशित मिति : ५ जेठ २०८०, शुक्रबार  १ : २९ बजे

भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन : प्रचण्ड

कञ्चनपुर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं

भ्रष्टाचार विकासको मुख्य बाधकः शेखर कोइराला

महोत्तरी – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले खस्कँदो शिक्षा

चितवनमा हात्तीको वनभोज (फोटोफिचर)

चितवन – हात्ती महोत्सवमा यसपाली खाना महोत्सव अर्थात् हात्तीको वनभोज

पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्छु : मन्त्री गुरुङ

गण्डकी – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरा

त्रिभुवन विश्वविद्यालयबाट चौध हजार दीक्षित (फोटोफिचर )

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना