मेलिना र प्रतापको ‘यो खुसीको पल’मा विजय र सुमी « Khabarhub

मेलिना र प्रतापको ‘यो खुसीको पल’मा विजय र सुमी


५ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गायिका मेलिना राई र गायक प्रताप दासको स्वरमा तयार ‘यो खुसीको पल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

अमेरिकामा रहेका गीतकार बुद्धिमान थापाको शब्द सृजना रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ। गीतमा नरेन्द्र वियोगीको एरेन्ज छ। रमाइलोशैलीको प्रेम र रोमान्सले भरिएको गीतले एक जोडीको सुखद र रोमान्टिक प्रेम कथालाई देखाएको छ।

ख्याल ख्यालैमा माया बसेको दृश्यमा मोडलद्वय विजय पुन र सुमी श्रेष्ठ गज्जबले खुलेका छन्। भिडियोमा गीतकार थापा स्वयं र जमुना मगरको पनि अभिनय छ। भिडियोको निर्देशन निर्देशक केशवराज भट्टले गरेका हुन्।

जसमा प्रकाश खड्काको छायांकन तथा बन्दे पाण्डेको सम्पादन रहेको छ। गायक थापाले यसअघि सिधा मन, यो जुनीमा, भएन रे, डोलीमा , लगायत १ दर्जन बढी गीत बजारमा ल्याएका छन्। भुटनिज क्रियटिभ टिम इन नेब्रस्काको सहयोगमा तयार भिडियो इन्टरटेनमेन्ट संसार नामक युट्युबबाट बजारमा आएको हो।

भिडिओसहित

प्रकाशित मिति : ५ जेठ २०८०, शुक्रबार  १२ : २२ बजे

‘पूर्णबहादुरको सारङ्गी’ टिमकाच तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै

काठमाडौं – नायक विजय बराल र नायिका अञ्जना बराइलीको कीर्तिमानी

कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा निवृत्तिभरण सुरु

काठमाडौं– कोशी प्रदेश सरकारको योगदानमूलक निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) ऐन

रेशम चौधरीको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी

स्वास्थ्यमन्त्री गौतमका ३ महिना : जेन–जी घाइतेको उपचारदेखि बीमा सुधारसम्म

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुधा शर्मा गौतमले आफ्नो तीन महिनाको