उच्चस्तरीय न्याय प्रशासन सुधार आयोग गठन गर्ने « Khabarhub

उच्चस्तरीय न्याय प्रशासन सुधार आयोग गठन गर्ने


५ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले न्यायलाई छिटोछरितो र कम खर्चिलो बनाउन उच्चस्तरीय न्याय प्रशासन सुधार आयोग गठन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा उक्त आयोग गठन गरिने बताए ।

नीति तथा कार्यक्रममा भनएिको छ, “न्यायलाई छिटोछरितो र कम खर्चिलो बनाउन आवश्यक कानूनी एवं संरचनात्मक सुधारका लागि सुझाव दिन न्यायपालिकासँगको समन्वय र सहकार्यमा उच्चस्तरीय न्याय प्रशासन सुधार आयोग गठन गरिनेछ ।”

अनुसन्धान र अभियोजन प्रणालीलाई वस्तुगत र वैज्ञानिक बनाइने र कसुर पीडित तथा साक्षीको प्रभावकारी संरक्षण गरिने उल्लेख छ । सरकारी वकिलको व्यावसायिक क्षमता विकास र संस्थागत सुदृढीकरण गरिने नीति तथा कार्यक्रममा छ ।

सरकारले शान्तिप्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम दुई वर्षभित्र सम्पन्न गरिने तयारी गरेको छ । “जनयुद्ध तथा जनआन्दोलनका घाइते, बेपत्ता परिवार र अपाङ्गता भएकालाई जीवन निर्वाह भत्ता वितरण तथा द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, आर्थिक सहायता उपलब्ध गराइनेछ”, नीति तथा कार्यक्रममा भनिएको छ, “पुनःस्थापना र परिपूरणको कार्यलाई प्राथमिकता साथ अघि बढाइनेछ । मानव अधिकार आयोग, बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको सिफारिसलाई कार्यान्वयन गरिनेछ ।”

संवैधानिक निकायको संस्थागत सुदृढीकरण गरिने र संवैधानिक निकायबाट प्राप्त सिफारिस र सुझाव कार्यान्वयन गरिने जनाइएको छ । निर्वाचनसम्बन्धी कानुनमा समयानुकूल परिमार्जन गरी निर्वाचनसम्बन्धी एकीकृत कानुन तर्जुमा गरिने नीति तथा कार्यक्रममा छ ।

प्रकाशित मिति : ५ जेठ २०८०, शुक्रबार  ८ : ४० बजे

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगञ्ज– प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई

विदेशबाट फर्किएका युवा भेडापालनमा

म्याग्दी– रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको