नागरिक उन्मुक्तिले समय माग्दा प्रदेश सरकार विस्तारमा ढिलाई « Khabarhub

नागरिक उन्मुक्तिले समय माग्दा प्रदेश सरकार विस्तारमा ढिलाई


५ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले सहमति जुटाउन समय मागेपछि सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तारको काम आज रोकिएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहका प्रमुख स्वकीय सचिव धीरेन्द्र शाहीले नागरिक उन्मुक्ति पार्टीले भोलि शनिबारसम्म समय मागेकाले आज मन्त्रिपरिषद् विस्तारको काम रोकिएको बताए । शाहीले भने, “नागरिक उन्मुक्तिले भोलि १० बजेसम्मको समय मागेको छ, उनीहरूको निर्णयपछि मन्त्रिपरिषद् विस्तार हुनसक्छ ।”

शाहीले विस्तार हुनलागेको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट शिवराज भट्ट वा पृथ्वीबहादुर सिंहमध्ये एक जना र नेकपा (माओवादी केन्द्र)बाट रमेशसिंह धामी र झपटबहादुर बोहराको नाम आएको बताए । माओवादी केन्द्रकै गीतादेवी मालको नाम राज्यमन्त्रीका लागि आएको छ । नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बन्नेको नाम आउन बाँकी छ ।

यसअघि आजै बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी गराएका थिए ।

प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी संसदीय दलका प्रमुख सचेतक खुशीराम चौधरीले पार्टीभित्रको आन्तरिक छलफल र सत्ता गठबन्धन दलसँगको छलफलसमेत टुङ्गिन बाँकी रहेको बताए । आफूहरूले दुई मन्त्रालयमा मागेको उनले बताए।

गत मङ्सिरको निर्वाचनको नतिजासँगै राजनीतिक समीकरणमा भएको फेरबदलले प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलको नेतृत्वमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी सम्मिलित प्रदेश सरकार गठन भएको थियो ।

संविधानबमोजिम एक महिनाभित्र विश्वासको मत पाउन नसकेपछि रावल मुख्यमन्त्रीबाट पदमुक्त भएका थिए । सरकार गठन गर्दा सहयोग गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत लिने समयमा भने असहयोग गर्दा रावल पदमुक्त भएका थिए ।

त्यपछि प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

फेरिएको राजनीतिक समीकरणसँगै शाहलाई नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, नेकपा (एकीकृत समाजवादी) को समर्थन छ । संविधानबमोजिम एक महिनाभित्र प्रदेशसभाबाट उहाँले सजिलैसँग विश्वासको मत पाएका थिए।

मुख्यमन्त्री शाहको नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयबाहेक अन्य मन्त्रालय नेतृत्वविहीन छन् । कांग्रेसका युवा नेतासमेत रहेका प्रकाशबहादुर देउवाले भौतिक पूर्वाधार विकास मन्त्रालय र नेकपा (एकीकृत समाजवादी)का युवा नेता नरेशकुमार शाहीले आर्थिक मामिला मन्त्रालय सम्हाल्दैै आएका छन् ।

प्रकाशित मिति : ५ जेठ २०८०, शुक्रबार  ९ : ०८ बजे

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा