‘देशको अर्थतन्त्र भेन्टिलेटरमा पुगेको छ’ « Khabarhub

‘देशको अर्थतन्त्र भेन्टिलेटरमा पुगेको छ’

अर्थतन्त्र सुधार गर्न व्यवसायी नीति निर्माण तहमा पुग्नुपर्छ



म एउटा व्यापारी हुँ। हामी अरू औद्योगिक उत्पादन र व्यापार गर्छौँ। अहिले पनि एउटा ठुलो ब्रान्ड नेपालमा ल्याउँदै छौँ। त्यो ‘एफबीआई’ प्रोजेक्ट हो। तर समस्या भनेको हामी अझै पनि असुरक्षित छौँ। एउटा प्रोजेक्ट ल्याउँदा एउटा नीति हुन्छ। त्यो ब्रान्ड बजारमा जाने बेलासम्म अर्को नीति आइसक्छ। अबको दुई तीन वर्षमा त्यो ब्रान्डको लागि कस्तो नीति आउँछ भन्ने हामीलाई नै थाहा हुँदैन।

हरेक वर्षमा बजेट परिवर्तन हुने र निश्चित व्यापारिक घरानाले आफ्नो स्वार्थको लागि नीति परिवर्तन गर्ने गरेको पनि देखिएको छ। त्यसैले एउटा व्यापारी भएको नाताले म नेपालमा व्यापारीलाई हेर्ने दृष्टिकोण नै बदल्नुपर्छ भन्न चाहन्छु। किनभने केही प्रतिशत व्यापारी चोर भयो भन्दैमा सबै चोर हुँदैनन्। इमान्दार व्यापारीलाई त्यो परिभाषा भित्र राख्नु हुँदैन।

हामी व्यापारी भन्ने बित्तिकै सरकारको नजरमा चोर भन्ने पर्दो रहेछ। एफएनसीसीआईको रिपोर्ट अनुसार ८० प्रतिशत नेपालको अर्थतन्त्र व्यापारीहरूले धानेका छन्। तर गाली हामीले खानु परेको छ। कहिल्यै धन्यवाद पाएको अवस्था छैन। त्यसैले यो व्यापारीलाई हेर्ने दृष्टिकोण नै बदल्नुपर्छ। हामीलाई कुनै रातो कार्पेट, फूल र माला चाहिँदैन। हामीलाई खाली लगानी गर्ने वातावरण दिनुपर्छ।

हाम्रो अर्थतन्त्र सिकिस्त भएर भेन्टिलेटरमा पुगिसकेको छ। तर पनि यो देशको अझै माया लाग्छ। हामीले सुधार गर्न सक्ने ठाउँ अझै धेरै छन्। हामी व्यापारी नीति निर्माणमा पुगेका छैनौँ। अर्थ मन्त्रालय र सिंहदरबारमा पुग्छौँ तर अझै व्यापारीको प्रतिनिधित्व वा व्यापारी मन्त्रालयमा नेतृत्व गर्नेगरी पुगेका छैनन्।

बङ्गलादेशको रोयल मोडलको कुरा गर्ने हो भने त्यहाँ हाम्रोमा भन्दा बढी चोरी छ। घुसखोरी छ। भ्रष्टाचार छ। तर त्यहाँको मन्त्री मोडलमा २५ प्रतिशत व्यापारी कार्पेट हाउसहरू पुगिसकेका छन्।

नेपालको कुनै प्रतिष्ठित व्यापारीलाई अर्थमन्त्री बनाउने हो भने उसले कति घुस खान्छ ? के का लागि घुस खान्छ ? उसले दुई चार वटा नीति आफ्नो कार्पेट हाउसको लागि ल्याउला रे ! तर व्यापारीसँग भएको भिजनले काम गरेमा परिवर्तन देख्न सकिन्छ। उसले जुन त्याग र तपस्या गरेर त्यो ठाउँमा पुगेको छ त्यसको आधारमा उसले त देशको सुधार गर्छ।

त्यसैले समग्रमा नेपालमा व्यापारीलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ। हामी कुनै अपराधी होइनौं। हामीलाई लगानी गर्ने वातावरण भयो भने अहिले पनि हामी काम गर्न सक्छौँ।
(खबरहरबले आयोजना गरेको नेपालका आर्थिक मुद्दा विषयक छलफल कार्यक्रममा व्यावसायी संजय अग्रवालले राखेको धारणाको सम्पादित अंश )

 

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ८ : ०१ बजे

विकास निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ– व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण,

चौदण्डीगढीमा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या, अभियुक्त नियन्त्रणमा

उदयपुर – मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमान्‌ले

२५ वर्षपछि कोभेन्ट्रीको प्रिमियर लिगमा ऐतिहासिक जित: नोटिङघम फरेस्ट १-० ले पराजित

काठमाडौँ – अप्रिल २००१ को समयपछि बेलायती फुटबलको शीर्ष डिभिजन

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ– गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद्

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु

झापा– झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको