नेता पाया मारिएको परिवारको ठहर | Khabarhub Khabarhub

नेता पाया मारिएको परिवारको ठहर


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

‘१० वर्ष अघि मेरो बाबुलाई के भएको थियो भन्ने कुरा पत्ता लगाउनका लागि म लगातार सङ्घर्ष गरी रहेको छु,’ रोसा मारिया पायाले भनिन्। ३४ वर्षीय पाया के कुरामा ढुक्क छन् भने त्यो कार विस्फोट जसले राज्यसँग असन्तुष्ट नेता ओसाल्डो पाया अर्का अभियन्ता हेराल्ड कापेरोको ज्यान गएको थियो। त्यो दुर्घटना मात्र थिएन। सन् २०१२ मा ती नेताको ज्यान जाने गरी कार विस्फोट भएको थियो।

‘क्युबाको सत्ताले मेरो बाबु र हेराल्ड कापेरोको हत्या गरेको छ,’ अमेरिकाको नेतृत्वदायी मानव अधिकारको मासिक बुलेटिनमा मारियाले भनेकी छिन्। ओसाल्डो पाया क्युबाका चर्चित प्रजातान्त्रिक योद्धा थिए। कम्युनिस्ट शासन राज्य रहेको त्यो टापुमा उनले वर्षौंसम्म मानव अधिकारको पक्षमा आवाज उठाएका थिए।

क्युबाको राजनीतिक कानुन र प्रावधानले उनको अभियानलाई बन्देज लगाइएको थियो। क्युबाको सत्ताले उनको मृत्युलाई नै जोड दिएको थियो। राज्यको संयन्त्रले उनलाई सी आइएको समर्थन रहेको भन्ने आरोप लगाउँदै आएको थियो। उनलाई राज्य पक्षीय सञ्चारमाध्यमले प्रतिगमनकारीको संज्ञासमेत दिएका थिए। राज्यका सञ्चारमाध्यम उनकी छोरी माथि पनि झुट फैलाएको आरोप लगाउँदै बारम्बार खनिएका छन्।

ओसाल्डो पाया क्युबाका चर्चित प्रजातान्त्रिक योद्धा थिए। कम्युनिस्ट शासन राज्य रहेको त्यो टापुमा उनले वर्षौंसम्म मानव अधिकारको पक्षमा आवाज उठाएका थिए।

उनले भियना परियोजनाको सुरुवात पनि गरेका थिए। सो परियोजनाको उद्देश्य एक हजार जनाको हस्ताक्षर जम्मा गर्दै क्युबामा संविधान सभाको माग गर्ने थियो। त्यस भन्दा पहिले नै उनले सन् १९८८ मा उनले क्रिस्चियन लीबरेसन मुभमेन्टको स्थापना गरेका थिए। सो मुभमेन्ट क्युबाको सबैभन्दा पुरानो ठूलो सत्ता विरोधी गतिविधि थियो।

सन् १९५९ मा फिडेल क्यास्ट्रोले स्थापना गरेको सत्तालाई परिवर्तन गर्दै नयाँ सत्ता ल्याउने उनको उद्देश्य थियो। उनको प्रस्ताव क्युबामा बोल्न पाउने र अन्य नैसर्गिक हकको स्थापना गर्ने भन्दै उनले परिवर्तनको पक्षमा आवाज उठाएका थिए। उनले निष्पक्ष निर्वाचनको माग पनि गरेको थिए। साथै मानवअधिकार बन्दीहरूलाई रिहाइको माग पनि बारम्बार गर्ने गरेका थिए।

पाया र उनका समर्थकले यस अभियानलाई निरन्तरता दिँदै सन् २००२ को मेमा एउटा कागजमा ११ हजार २० जनाको हस्ताक्षर जम्मा गर्दै राष्ट्रिय सभामा प्रस्तुत गरेका थिए। उनले लक्ष्य पाए पनि भेराला परियोजना क्युबामा परिचित थिएन। राज्यका संयन्त्र नै लागेका कारण यसको बारे अन्य कसैलाई पनि जानकारी दिइएको थिएन।

परिस्थिति पूर्व राष्ट्रपति जिमी कार्टरले स्पेनको युनिभर्सिटी अफ हवानामा पायाको प्रशंसा गर्दा फिडेल नै त्यही थिए। त्यसैको कारण ओसाल्डो पायाको विरुद्धमा राज्य विरुद्धमा संलग्न भएको आरोपमा गिरफ्तार गरियो।

उनको प्रस्ताव क्युबामा बोल्न पाउने र अन्य नैसर्गिक हकको स्थापना गर्ने भन्दै उनले परिवर्तनको पक्षमा आवाज उठाएका थिए। उनले निष्पक्ष निर्वाचनको माग पनि गरेको थिए। साथै मानवअधिकार बन्दीहरूलाई रिहाइको माग पनि बारम्बार गर्ने गरेका थिए।

उनको अभियानलाई राष्ट्रिय सभाले कुनै औपचारिक चासो दिएन। राज्यका सम्पूर्ण निकाय उनको अभियानलाई विदेशी शक्तिको आर्थिक सहयोगमा भएको आरोप लगाउन तल्लीन थिए। त्यसको एक महिनापछि क्युबाको समाजवादी हल्लाउन पनि नसकिने भन्दै उनी माथि आक्रामक भएका थिए।

क्यास्ट्रोका हजारौं समर्थक सडकमा उत्रेर उनको पक्षमा आवाज उठाएका थिए। यसको लक्ष्य पायाको अभियानको प्रतिरोध गर्ने नै थियो। ९९ प्रतिशत जनताको मत पाएको कारण क्युबाको सरकार एकदमै लोकप्रिय भएको तथा यसले गर्ने काम नै उत्तम हुने कुरा उनका समर्थकले उठाउने गरेका थिए। उनका विरोधी भने डरका कारण मात्र त्यत्ति धेरै मत प्राप्त भएको आरोप लगाउने गरेका थिए।

यसरी पायाकै कारण सत्तापछि पनि प्रत्याक्रमणमा उत्रन उनको विरुद्धमा आवाज राख्न थालेको थियो। त्यसको एक वर्षपछि पायाको अभियानमा साथ दिने धेरैलाई गिरफ्तार गरियो। पायालाई नै भने गिरफ्तार गरिएन। तर, सत्ता पक्षका धेरै जनाबाट बारम्बार धम्की र मानसिक यातना उनले भोग्न सुरु गरे।

क्यास्ट्रोका समथर्कले बारम्बार उनलाई पिछा गर्ने कामको सुरुवात गरेका थिए। उनीहरूले चर्चको ढोकादेखि घरको ढोकासम्म पिछा गर्ने गरेका थिए।

अन्तर मानव अधिकारवादी सङ्गठनमा पायाको यो गतिविधिका बारे आवाज पनि उठाइएको थियो। सो आवाजलाई जोडदार ढङ्गले नै उठाइएको थियो। यसपछि नै क्यास्ट्रोका समथर्कले बारम्बार उनलाई पिछा गर्ने कामको सुरुवात गरेका थिए। उनीहरूले चर्चको ढोकादेखि घरको ढोकासम्म पिछा गर्ने गरेका थिए।

यी सबै यातना सहेरै भए पनि पाया प्रजातन्त्रको पक्षमा अडिग थिए। २२ जुलाई २०१२ मा दिन उनी भालेरा परियोजनाका अर्का सहकर्मी हेरालड कापेरो र अन्य दुई युरोपेलीका साथ पूर्वी क्युबा घुम्न गएका थिए। ती दुई युरोपेली स्पेन र स्विडेनका थिए।

उनकी छोरी रोसा मारियो त्यस समय २३ वर्षकी थिइन्। यसै समयमा उनी र उनकी आमाले युरोपमा रहेका भारेला परियोजनाका समर्थकबाट खबर पाउने गरेकी थिइन्। ती खबर अनुसार दुई युरोपेलीको अवस्थाका कारण उनीहरूको चिन्ता रहेको थियो। उनीहरूलाई केही नराम्रो भएको कुरा बारम्बार उठाइने गरिएको थियो।

‘फोरेन्सीक डाक्टरले नउठाएसम्म मैले बारम्बार उनलाई कल गरेको थिएँ’ त्यसपछि उनी मारिएको र झुन्ड्याएको खबर नसुनेसम्म मैले उनलाई कल गर्न नै छाडिन। पछि सरकारले ओसाल्डो पाया र त्यस कारको पछि बसेका कापेरो कार विस्फोट भएको कारण मारिएको सरकारले जानकारी गरायो।

त्यसै कारणमा यात्रा गरिरहेका २६ वर्षीय एन्जल कोरेमोराका साथमा ती स्पेनसस्वीडीस नागरिक सामान्य चोटपटकसहित अस्पताल भर्ना गरिएका थिए। ती बचेकाहरूको बयानमा पछाडिबाट आएर अर्को कारले ठक्कर दिएको कुरा उल्लेख गरिएको छ। तथापि यसको कारण त्यो नभई अन्य केही जनाइएको छ।

त्यसपछि नै उनको परियारले पायाको निधन दुर्घटनामा नभई मारिएको ठहर गरेका थिए। एक महिना अघि मात्र उनी माथि यसैगरी आक्रमणको प्रयास भएको थियो। ओसाल्डो पाया र उनकी श्रीमती ओफीलीया अकाभेलो हवानामा यात्रा गरिरहेको समयमा अर्को कारले पछाडिबाट आएर ठक्कर दिएको थियो। रोस मारिया त्यो समयमा पनि दुवै अभिभावक संयोगवश मात्र बचेको बताउँछिन्।

मानव अधिकारवादी निकायले उनको ज्यान गएको १० वर्षपछि मृत्युको सबै विवरण बाहिर आउन नसक्नुलाई आश्चर्यको विषय ठान्छन्। उनको शव ल्याउँदा अस्पताललाई सेनाले घेराबन्दीमा राखेको थियो। सबैलाई डर धम्की दिएर नक्कली बयान दिन लगाएको उनको छोरीले बताएकी छिन्।

क्युबाको राज्य पक्षीय सञ्चार माध्यमले यसलाई दुर्घटनाको रूपमा पुष्टि गर्न अनेक प्रयास गरेको छ। छोरी पायाले भने बारम्बार मानव अधिकारीवादी संस्थाले यसको पक्षमा आवाज उठाउनु पर्ने कुरा बताउँदै आएकी छिन्। सरकारी रिपोर्टमा कुनै सत्यता नभएको उनले बताउँदै आएकी थिइन्। उनले क्युबाको अहिलेको सत्ताले उनको बाबुलाई न्याय दिन नसक्ने बताउँदै प्रजातन्त्रले मात्र आफ्नो परिवार खसी हुन सक्ने बताउँदै आएकी छिन्स्रोतः बीबीसी

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  १२ : ५८ बजे

मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानमा व्यवस्था

बालबालिकाका लागि रचनात्मक कार्यमा ध्यान दिन्छौँ चिरीबाबु महर्जन

ललितपुर – ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बालदिवसलाई लक्षित गरी

अमेरिकी राष्ट्रपति बाइडेन र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

फिलाडेल्फिया – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राज्य अमेरिकाको तीन

मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु

म्याग्दी – मुस्ताङ घरपझोङ गाउँपालिका–२ स्थित पर्यटकीय गाउँ मार्फामा आजदेखि

काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली

काठमाडौं – नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले कुरा गरेर मात्र