पाकिस्तानमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु | Khabarhub Khabarhub

पाकिस्तानमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

इस्लामबाद– पाकिस्तानमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । इस्लामाबाद–लाहोर राजमार्गमा भएको दुर्घटनामा पाँच जनाको घटनास्थलमै र ८ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

घटनामा ३२ जना घाइते भएका छन् । घाइतेमध्ये १९ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रहरीका अनुसार दुर्घटना के कारणले भएको हो भन्ने बारे केही खुल्न सकेको छैन । तर, लगातारको वर्षाका कारण बस चिप्लिएर अर्को लेनमा गएको अनुमान गरिएको छ ।

पाकिस्तानको समाचार वेबसाइट‘‘एक्सप्रेस ट्रिब्यून’ का अनुसार दुर्घटना कल्ला कहर क्षेत्रमा भएको हो । सो दुर्घटना हुँदा त्यहाँ पानी परिरहेको थियो ।

तीव्र गतिमा गुडेको बस अर्को लेनमा गएर डिभाइडर पनि भत्काउँदै पल्टिएको थियो ।

गत फागुनमा पनि सोही क्षेत्रमा ठूलो सडक दुर्घटना भएको थियो । जसमा दुईवटा कार ठोक्किए नजिकैको खाल्डोमा खसेका थिए । सो घटनामा १४ जनाको मृत्यु भएको थियो।  

प्रधानमन्त्री शाहबाज सरिफले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ९ : ४३ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले