‘संसद्‌मा आएका सुझाव समेटेर बजेट परिमार्जन हुनुपर्छ’  « Khabarhub

‘संसद्‌मा आएका सुझाव समेटेर बजेट परिमार्जन हुनुपर्छ’ 


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांसद रामकृष्ण यादवले सदनमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका सुझावलाई समेटेर बजेट परिमार्जन गरिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले संसद्मा आएको सुझावलाई ग्रहण गरी सरकारले बजेटलाई परिमार्जन गर्नुपर्ने बताए ।

‘जेठ १५ गते बजेट पेस भयो, हामी बजेटमाथि छलफल गरिरहेका छौँ, सांसदले उठाएका विषय बजेटमा समेटिँदैनन् भन्ने कुरा आइरहेको छ’, उनले भने , ‘बजेट परिमार्जन गर्न नहुने तर वर्षभरि रकमान्तर एवं करका दर हेरफेर गर्ने विसङ्गत अभ्यासलाई अब परिवर्तन गर्नुपर्छ ।’

सरकारको नीति तथा कार्यक्रम एवं बजेट तर्जुमाको कार्यतालिका परिवर्तन गरेर जानुपर्नेमा उनले जोड दिए। ‘माघको अन्तिम साता सरकारको नीति तथा कार्यक्रम ल्याउने, फागुनको तेस्रो साता त्यसलाई परिमार्जनसहित पारित गर्ने, परिमार्जित नीति कार्यक्रमको जगमा उभिएर चैतको दोस्रो साता आगामी आवको बजेट ल्याएर पर्याप्त छलफल गरी जेठ मसान्तसम्म पारित गर्ने व्यवस्था मिलाउनुपर्छ’, सांसद यादवले भने । 

उनले बजेट विनियोजन गर्दा आवश्यकता र औचित्यका आधारमा प्राथमिकता दिनुपर्नेमा जोड दिए । आगामी आवको बजेटमा आवश्यकता भएको ठाउँमा बजेट नै नराखिएको उनको दाबी छ ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  २ : ०९ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज