बूढीगण्डकी जलविद्युत् आयोजना शिलान्यास गर्नू : उपाध्यक्ष पाण्डे | Khabarhub Khabarhub

बूढीगण्डकी जलविद्युत् आयोजना शिलान्यास गर्नू : उपाध्यक्ष पाण्डे


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले बूढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास चाँडो गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा ऊर्जा मन्त्रालयलगायतका विनियोजित शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद पाण्डेले भारत र बंगलादेशलाई विद्युत् बेच्न र भारतसँग समग्र व्यापार घाटा घटाउन यस्ता ठूला आयोजनाका कामलाई गति दिनुपर्नेमा जोड दिए । 

दुई खर्ब ६० अर्ब लाग्ने सो आयोजना धादिङ र गोरखाको सिमानामा छ । कूल एक हजार दुई सय मेगावाट क्षमताको उत्पादन हुने सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सकिएको छ । 

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पाण्डेले मुलुक विद्युत् उत्पादनको महत्वपूर्ण चरणमा  पुगेको अवस्थामा उत्पादन, वितरण र बिक्रीको समग्र योजना बनाउन पनि माग गरे। उनले ठूला सिँचाइ आयोजना सफल हुन समय लागेकाले साना सिँचाइ आयोजनालाई पनि महत्व दिन र मधेसमा नदी कटानलाई व्यवस्थित गर्न पनि आग्रह गरे ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ४ : १८ बजे

सप्तरीमा सर्पदंशबाट एक महिलाको मृत्यु

सप्तरी– सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरमा बिहीबार सर्पदंशबाट एक महिलाको

वीरगञ्ज नाकाबाट ६ खर्ब २५ अर्बको आयात, एक खर्ब एक अर्बको निर्यात

वीरगञ्ज– गत आर्थिक वर्ष (आव) वीरगञ्ज नाका हुँदै ६ खर्ब

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर तीनजनाको मृत्यु

रौतहट– रौतहटमा एक सातामै खेतमा धान रोप्न पानी लगाउने क्रममा

गत वर्ष ३९ अर्ब बढीको धान–चामल आयात

काठमाडौं– गत आर्थिक वर्ष (आव) २०८१–०८२ मा ठूलो परिमाणमा धान-चामल

नेपालको निर्यातमा ऐतिहासिक वृद्धि : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा ऐतिहासिक वृद्धि भएको