बजेट कम हुँदा कार्यान्वयनमा समस्या : मन्त्री ज्वाला | Khabarhub Khabarhub

बजेट कम हुँदा कार्यान्वयनमा समस्या : मन्त्री ज्वाला


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा कठिनाइ हुने बताएका छन् । पूर्वाधार विकास समितिको आज बसेको बैठकमा मन्त्री ज्वालाले मन्त्रालय अन्तर्गत बिनियोजित बजेट कम भएको भन्दै सञ्चालनमा रहेका आयोजना सम्पन्न गर्न पनि समस्या हुने देखिएको बताए । 

‘निरन्तर सञ्चालन हुँदै आएका आयोजनासमेत कम बजेट विनियोजन भएको छ’, उनले भने, ‘बजेट घटेर आएकाले कार्यान्वयनमा धेरै समस्या हुने देखिएको छ ।’ उनले वैदेशिक सहायतामा अघि बढेका आयोजनामा धेरै बजेट विनियोजन गरिएको र आवश्यक आयोजनामा पर्याप्त बजेट विनियोजन गरिएको गुनासो गरे। उनले भने, ‘खर्च नहुने ठाँउमा बजेट धेरै र दायित्व सिर्जना भएको ठाँउमा बजट कम बिनियोजन भयो ।’

उनले विभिन्न आयोजनामा रु पाँच लाख मात्रै  बजेट विनियोजन हुनु बाध्यता  र विवशता भएको टिप्पणी गरे । मन्त्री ज्वालाले तराई–मधेस द्रुतमार्ग विसं २०८३ भित्र सम्पन्न हुनेमा विश्वास व्यक्त गर्दै आगामी आवमा कार्यतालिका बनाएरै अघि बढ्ने योजना प्रस्तुत गरे । 

छलफलमा समिति सदस्यहरुले विनियोजित बजेट संशोधनको प्रस्ताव गरे। उनीहरुले बजेट सन्तुलित ढंगले विनियोजन नभएको भन्दै सच्याउनुपर्नेमा जोड दिए।  समिति सदस्य वसन्तकुमार नेम्वाङले बजेट विनियोजनको विधेयक संशोधन गर्नुपर्ने राय प्रस्तुत गरे। उनले भने, ‘बजेट कटौती भएको छ । सबैको चित्त बुझाएको छैन, यो विधेयक संशोधनका लागि किन प्रस्ताव नगर्ने ?’

सदस्य चन्द्रकान्त राउतले सिद्धान्तअनुसार बजेट विनियोजन नभएको भन्दै संशोधनको आवश्यकता औँल्याए । सदस्य प्रदीप पौडेलले पनि बजेट बाँडफाँडको सिद्धान्तअनुसार विनियोजनमा एकरूपता नदेखिएको बताए। ‘बजेटमा नयाँ आयोजना नआए पनि पुरानै आयोजना कसरी सम्पन्न गर्ने भन्नेमा बजेट केन्द्रित हुनुपर्दथ्यो’, उनले भने, ‘पाँच लाखका दरले छरिएर बजेट बिनियोजन गर्नुभन्दा आवश्यक आयोजनामा एकमुष्टरुपमा बजेट हालौँ ।’

समिति सदस्य बिना लामाले बजेट सच्याउनुपर्ने राय व्यक्त गरे। उनले आवश्यकता अनुसार सीमित आयोजना छनोट गरी पर्याप्त बजेट छु्ट्याउनुपर्ने बताए। सदस्य उर्मिला माझीले आगामी आवका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा विनियोजित बजेट कनिका छरेजस्तो भएको बताए । ‘बजेट कनिका छरेजस्तो गरी विनियोजन भएको छ । लमजुङ जिल्लामा एक दर्जन पुलका लागि रु दुईदेखि पाँच लाख पनि बजेट विनियोजन गरिएको छ ।’

समिति सदस्य निर्मला कोइरालाले पर्सामा पूर्वाधार निर्माणका लागि बजेट नपरेको बताए। समिति सदस्य कल्पना चौधरी, दीपकबहादुर सिंह, प्रतिमा गौतम, मैना कार्की, प्रेमबहादुर मर्हजन र ऐनबहादुर शाही ठकुरीले आगामी आवको बजेट विनियोजनलाई थप संशोधन गर्न प्रस्ताव गर्नुपर्नेमा जोड दिएका थिए ।

सदस्यहरूले वर्षातको समयमा सडक निर्माण र मर्मत सम्भारको नाममा बजेट सक्ने मात्र काम गर्ने प्रवृत्ति रोक्नु सुझाव दिए। उनीहरूले वर्षौंदेखि सम्पन्न हुन नसकेका आयोजनाका निर्माण व्यवसायीलाई कारबाहीको दायरामा ल्याउनसमेत मन्त्रालयको ध्यानाकर्षण गराए।

बैठकमा मन्त्रालयका सचिव केशवकुमार शर्माले मन्त्रालयसँग सम्बन्धित विगत पछिल्लो पाँच आर्थिक वर्षको विनियोजित बजेट र खर्च विवरणबारे प्रस्तुतीकरण गरेका थिए ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ५ : १७ बजे

महामन्त्री ढकालमाथि रास्वपाले थप कारबाही अघि बढाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक अहिले पनि जारी

अर्थसंक्षेप : वर्षासँगै बिजुली उत्पादन बढ्दै, सहकारी संस्थाका सञ्चालकलाई निर्देशन

काठमाडौं– पछिल्लो सातादेखि देशभर वर्षा हुन थालेपछि जलविद्युत उत्पादन गृहहरूबाट

राष्ट्रियसभामा विनियोजन विधेयकमा छलफल

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ माथि को छलफल

एमालेले फिर्ता लियो सरकारको समर्थन, मन्त्रीहरूले राजीनामा बुझाउँदै

काठमाडौं- नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई

नागढुंगा-नौबिसे सडकखण्ड आज र भोलि राती पूर्ण रुपमा बन्द 

काठमाडौं– त्रिभुवन राजमार्ग  (नागढुंगा–नौबिसे सडक खण्ड)  बुधबार र बिहीबार रातीको