समाजवादी मोर्चा विस्तृत शान्ति सम्झौतालाई अपमानित गर्ने प्रवृत्तिविरुद्ध : प्रधानमन्त्री  | Khabarhub Khabarhub

समाजवादी मोर्चा विस्तृत शान्ति सम्झौतालाई अपमानित गर्ने प्रवृत्तिविरुद्ध : प्रधानमन्त्री 


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौतालाई निस्तेज पार्ने र अपमानित गर्ने प्रवृत्ति विरुद्ध जुध्न मोर्चा स्थापित भएको बताएका छन्  । समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले विस्तृत शान्ति सम्झौतालाई नेपालको संविधानको अंग बनाएको तथ्य पेस गरे । 

प्रधानमन्त्री दाहालले भने, ‘शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने क्रममा यो मोर्चा स्थापना भएको हो ।’ परिवर्तनकारी सबै शक्तिलाई समाजवादी मोर्चामा सहभागी हुन आह्वान गर्दै उनले नयाँ शिराबाट अगाडि बढ्न एवं विगतको कमजोरीबाट पाठ सिकेर मोर्चाको बाटोबाट अगाडि बढ्न सबैलाई आग्रह गरे । 

प्रधानमन्त्री दाहालले भने, ‘यो नै वैज्ञानिक मार्ग हो, परिवर्तकारी मार्ग हो ।’ मोर्चाको दूरगामी महत्त्व रहेको उल्लेख उनले विगतका कमी कमजोरीबाट पाठ सिकेर अगाडि बढेको बताए । अग्रगामी र परिवर्तनकारी शक्ति सबैलाई मोर्चामा सहभागी हुन प्रधानमन्त्री दाहालले आग्रह गरे ।

नेकपा घोषणाको स्मरण गर्दै उनले भने, ‘राष्ट्रियसभा गृहको यही हल र रोष्ट्रमबाट नेकपा बनाउने घोषणा बनाएका थियौँ । निकै ठूलो भरोसा र अपेक्षा गरेका थियौँ । समाजवादको बाटोमा, आर्थिक सामाजिक रुपान्तरणको बाटोमा अगाडि बढाउने विश्वास राखिएको थियो । हामीले कहाँ त्रुटि गर्यौँ, ऐतिहासिक समीक्षा गरौँ ।’  

समाजवादमा लैजाने उद्देश्यका साथ विगतको तीतो अनुभवसहित समाजवादी मोर्चा घोषणा गरिएको उनले बताए । मोर्चामा आबद्ध दलबीच एकता र स्वतन्त्रतालाई सम्बोधन गर्ने द्वन्द्ववादी मान्यतालाई संश्लेषण गरिएको प्रधानमन्त्री दाहालको भनाइ छ ।

परिवर्तनकारी सबै शक्तिलाई समेटेर नयाँ शिराबाट अगाडि बढ्ने एवं विगतको कमजोरीबाट पाठ सिकेर मोर्चाको बाटोबाट अगाडि बढ्न खोजिएको र यो नै वैज्ञानिक मार्ग भएको उनले स्पष्ट पारे । ‘फेरि एकपटक इतिहासबाट फर्केर हेरौँ । हामीले गर्न सकेका राम्रा काम र गर्न नसकेका कामलाई पनि हेरेर नयाँ आधारमा अगाडि बढ्न अपिल गर्दछु । यो नयाँ अभियान हो । सामाजिक न्याय, सुशासन र समृद्धितर्फ लैजाने प्रक्रिया अभियान हो’, प्रधानमन्त्री प्रचण्डले भने।

परिवर्तनकारी नेता र परिवर्तनलाई होच्याउने, अपमानित गर्ने प्रतिगामी प्रवृत्तिले टाउको उठाउन लागेको उल्लेख गर्दै मोर्चा प्रतिगमनकारी शक्तिका विरुद्ध रहेको उनको भनाइ छ । अराजकता, निरङ्कुशतातर्फ मुलुकलाई लैजान चाहने शक्ति र प्रवृत्तिका विरुद्ध पनि मोर्चा रहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

समाजवादी मोर्चा बनाउन लामो छलफल र प्रक्रियाबाट गुज्रेको जानकारी दिँदै उनले यसको घोषणासँगै यसको औचित्य पनि स्थापित भइसकेको बताए। प्रतिगमन र प्रतिगामी शक्तिका विरुद्ध सडक, सदनबाट साझा प्रतिवाद गरिने उनको भनाइ छ ।

नेपाली जनतालाई सुशासन र समृद्धि दिनका लागि वर्तमान सरकार देश र जनताको पक्षमा दृढ भएर उभिएको प्रधानमन्त्रीको भनाइ छ । उनले निराशालाई चिर्दै नयाँ उत्साहका साथ अगाडि बढ्ने संकल्पका साथ मोर्चा घोषणा गरिएको र यसलाई देशव्यापी बनाइने बताए  । 

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ७ : ३८ बजे

महामन्त्री ढकालमाथि रास्वपाले थप कारबाही अघि बढाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक अहिले पनि जारी

अर्थसंक्षेप : वर्षासँगै बिजुली उत्पादन बढ्दै, सहकारी संस्थाका सञ्चालकलाई निर्देशन

काठमाडौं– पछिल्लो सातादेखि देशभर वर्षा हुन थालेपछि जलविद्युत उत्पादन गृहहरूबाट

राष्ट्रियसभामा विनियोजन विधेयकमा छलफल

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ माथि को छलफल

एमालेले फिर्ता लियो सरकारको समर्थन, मन्त्रीहरूले राजीनामा बुझाउँदै

काठमाडौं- नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई

नागढुंगा-नौबिसे सडकखण्ड आज र भोलि राती पूर्ण रुपमा बन्द 

काठमाडौं– त्रिभुवन राजमार्ग  (नागढुंगा–नौबिसे सडक खण्ड)  बुधबार र बिहीबार रातीको