कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै, सदस्यहरूले धारणा राख्ने  « Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै, सदस्यहरूले धारणा राख्ने 


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बाट सुरु हुनेछ ।

पार्टी केन्द्रीय कार्यालयमा हिजोबाट सुरु बैठकमा आजबाट केन्द्रीय सदस्यहरूले आआफनो धारणा राख्ने छन् । प्रत्येक सदस्यलाई ७ मिनेटको समय दिइएको छ ।

हिजोको बैठकमा शीर्ष नेताहरूले विभिन्न प्रस्तुति राख्दै सकिएको थियो । हिजो दिउँसो २ बजे सुरु भएको बैठक पार्टी सभापति शेरबहादुर देउवाले बैठक प्रारम्भ भएको घोषणा गरेसँगै महामन्त्री विश्वप्रकाश शर्माले बैठकको एजेण्डा राखेका थिए।

यस्तै थापाले पार्टीको कार्ययोजना प्रस्तुत गरेका थिए । बैठकमा निर्वाचन परिचालन समितिको प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन पनि पेस भएको छ।

त्यसैगरी पार्टीका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनका सम्बन्धमा प्रस्तुति दिएको र प्रमुख सचेतक रमेश लेखकले पार्टीको संसदीय भूमिकाको सम्बन्धमा कुरा राखेका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ६ : ३३ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

आदिवासी दिवसमा आङ्देम्बेको चेतावनी- ‘सङ्घीयता र समानुपातिक प्रतिनिधित्व कमजोर पार्न पाइँदैन’

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता

हर्मुज खुला गर्न इरानद्वारा अमेरिकी नाकाबन्दी अन्त्यको सर्त

काठमाडौँ – हर्मुज स्ट्रेट खुला गर्नका लागि अमेरिकी जलसेनाको नाकाबन्दी

भदौ १५ गते १९औँ पुस्तकालय दिवस मनाइने

काठमाडौँ– १९औँ पुस्तकालय दिवस आगामी भदौ १५ गते विभिन्न रचनात्मक

सात महिनाको सम्झौता, दुई वर्षमा पनि सकिएन

बागलुङ– निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक राजमार्गमा