कञ्चनपुर भन्सार लक्ष्यअनुसार राजस्व संकलन भएन « Khabarhub

कञ्चनपुर भन्सार लक्ष्यअनुसार राजस्व संकलन भएन


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– मन्दी र आयात घटेका कारण कञ्चनपुर भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेन । गत आर्थिक वर्ष २०७९-८० मा भन्सार कार्यालयले वार्षिक रु ५८ करोड ९० लाख राजस्व संकलनको लक्ष्य लिएको भए पनि रु ४२ करोड १० लाख मात्रै संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।

कञ्चनपुर भन्सार कार्यालय गड्डचौकीका प्रमुख भन्सार अधिकृत ध्रुव विश्वकर्माले वार्षिक लक्ष्यको ७१.४ प्रतिशत राजस्व संकलन भएको जानकारी दिए । ‘आयातमुखी भन्सार भए पनि यहाँ आयात नै घटेकाले राजस्व संकलनमा कमी आएको हो’, उनले भने, ‘मुलुकमा रहेको आर्थिक तरलताको असर पनि राजस्व संकलनमा परेको छ ।’

उनले अघिल्लो आवमा पनि रु ६ करोड राजस्व संकलन लक्ष्यभन्दा कम भएको बताए। अघिल्लो वर्ष भन्सारले रु ५२ करोड ७७ लाख राजस्व संकलन गर्नुपर्नेमा रु ४६ करोड २२ लाख संकलन गरेको थियो ।

गड्डाचौकी नाकाबाट दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, विद्युतीय सामग्री, फलफूल र तरकारी लगायतका सामग्रीहरू भारतबाट आयात हुने गरेको छ । महाकाली नदीमा रहेको शारदा ब्यारेक (बनबासा पुल) सीमित समय खुल्ने गरेको र ठूला चारपाङ्ग्रे सवारीसाधन पुलमा आवागमनमा समस्या भएकाले यहाँबाट अन्यत्रजस्तो ठूलो परिणाममा आयात नहुने गरेको भन्सार कार्यालयको भनाइ छ ।

यहाँ प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण भए यहाँ आर्थिक गतिविधिसमेत बढ्ने आशा गरिएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  १२ : ५४ बजे

साउन १ देखि ललितपुरमा घरमै डाक्टर, नर्स र औषधिसहितको स्वास्थ्य सेवा

ललितपुर– ललितपुर महानगरपालिकाले आगामी साउन १ गतेदेखि घरमै स्वास्थ्य सेवा

रोनाल्डाको पीडादायी बिदाई : टिमबाट नपाएको आत्मियता नेपाली सेलिब्रेटीबाट

काठमाडौं- पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको पीडादायक विश्वकप बर्हिगमनले धेरै समर्थकको

फेरियो सिंहदरबारमा पार्किङको दृश्य : नियमविपरीत राखेका सवारी साधनमा ‘ह्विल लक’

काठमाडौं– सिंहदरबार परिसरमा नियमविपरीत पार्किङ गरिएका सवारीसाधनमाथि ट्राफिक प्रहरीले कडाइ थालेको

मानव अधिकार र कानुनी राज्यको भावना अनुसार गृह प्रशासनलाई अघि बढाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मानव अधिकार र कानुनी राज्यको भावना

मनाङमा चामलको माग उच्च

मनाङ– जिल्लामा चामलको माग बढेको छ । खाद्य व्यवस्था तथा