सरकार, संसद् र पार्टीबीचको समन्वयले विकासले गति लिन्छ : नेता महर | Khabarhub Khabarhub

सरकार, संसद् र पार्टीबीचको समन्वयले विकासले गति लिन्छ : नेता महर


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार, संसद् र पार्टीबीचको समन्वयले मात्रै विकासले गति लिने बताएका छन्।

आज पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै नेता महरले सरकार, सदन र पार्टीबीचको समन्वयमा केही समस्या रहेकाले त्यसको अन्त्य गर्नुपर्ने धारणा राखेका हुन्।

‘कांग्रेस केन्द्रीय समिति, संसदीय दल र सरकाररप्रदेश समिति तथा स्थानीय तहकाबीच ठूलो खाडल देखिन्छ। संसद्ले पास गर्ने विधेयकप्रति केन्द्रीय समिति बेखबर छ। यो अवस्थाको अन्त्य हुनुपर्छ,’ महरले भने। वार्ड सदस्यदेखि वार्ड अध्यक्ष, पालिकाका प्रमुख, प्रदेशदेखि संघीय सांसदहरूले प्रत्येक ३-३  महिनामा जनताका पक्षमा गरेको कार्य र कांग्रेसलाई जनताको लोकप्रिय पार्टी बनाउन गरेको कार्यको समीक्षा रिपोर्ट बुझाउनु पर्ने महरले बताए।

जनताबाट छानिएका प्रतिनिधिलाई पार्टीको घोषणा पत्रप्रति उत्तरदायी बनाउन तथा मूल्यांकन गर्ने एक संयन्त्र बनाउनु पर्ने महरको भनाइ छ। सभापति, महामन्त्री, उपसभापतिलगायत पदाधिकारीको धारणा फरक भएका कारण कांग्रेसप्रति जनताको भ्रम सिर्जना भएको प्रसङ्ग उल्लेख गर्दै यसले पार्टीका सदस्यमा समेत विभाजन र दोधार सिर्जना गराएको उनले बताए।

‘कांग्रेस सहितको वर्तमान सरकार सञ्चालनलाई थप प्रभावकारी, पार्टीको घोषणापत्रको बाटोमा काम गर्नेगरी सहयोग गर्न पार्टीभित्र मन्त्रालय अनुसारको विज्ञ टोली गठन गर्नुपर्छ। सरकारका मन्त्रीहरूको कार्यमूल्यांकन, प्रगति र आवश्यक सहयोगमा पार्टी लाग्नपर्छ,’ उनले भने।

यस्तै महरले तल्लो तहदेखि माथिल्लो तहसम्म पार्टीलाई गतिशील बनाउने हुटहुटी नेता–कार्यकर्तामा रहेको र त्यसलाई कांग्रेसको केन्द्रीय समितिले सम्बोधन गर्न सक्नुपर्ने बताए।

नेता महरले पार्टीमा व्यापक गतिशीलताको खाँचो रहेको औँल्याए। ‘प्रतिनिधि सभामा ८८ सिट, १७५ प्रदेश सांसद, ३२९ पालिका प्रमुख, २ हजार ६५८ वडा अध्यक्ष र १० हजार ७६ वडा सदस्यमा निर्वाचन जितेर हामी सबैभन्दा ठूलो दल भएका छौं,’ उनले भने, ‘हाम्रो काँधमा देशप्रति ठूलो जिम्मेवारी छ। देशलाई सही मार्गमा लैजान हामी सशक्त बन्नुपर्छ।’

कांग्रेस यति बेला जागृत भएर शुद्धिकरणको बाटोबाट सुदृढीकरणको मार्गमा अगाडि बढ्नै पर्ने अवस्थामा रहेको नेता महरले औंल्याए। राजनीतिक अवस्था पनि फेरिँदै गएको र विश्वराजनीतिमा तीव्र परिवर्तन आएकाले कांग्रेस सोही अनुरूप अगाडि बढ्नुपर्ने उनले बताए।

कांग्रेस यति बेला जागृत भएर शुद्धिकरणको बाटोबाट सुदृढीकरणको मार्गमा अगाडि बढ्नै पर्ने अवस्थामा रहेको नेता महरले औंल्याए। राजनीतिक अवस्था पनि फेरिँदै गएको र विश्वराजनीतिमा तीव्र परिवर्तन आएकाले कांग्रेस सोही अनुरूप अगाडि बढ्नुपर्ने उनले बताए।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  १ : ३५ बजे

भरतपुरका ६ स्थानमा ‘ट्राफिक लाइट’ राखिने

चितवन– चितवनको भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रका ६ स्थानमा ट्राफिक

बैतडीको दोगडाकेदारमा आधारभूत अस्पताल निर्माण अन्तिम चरणमा

बैतडी– बैतडीको दोगडाकेदार गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल भवन निर्माण

सामाजिक सञ्जाल प्रयोग सम्बन्धी विधेयकबारे भ्रम छर्ने काम भयो : महासचिव पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले साइबर अपराध रोक्न ल्याइएको

चितवनमा मिनी ट्रक दुर्घटना, १९ वटा खसीबोका मरे 

काठमाडौं– चितवनमा खसीबोका बोकेको मिनी ट्रक दुर्घटना भएको छ ।

कालीगण्डकी करिडोर : मुस्ताङमा मोटर चल्ने थप तीनवटा पुल निर्माण

म्याग्दी– चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला