युएईद्वारा नेपाललाई एक सय ५८ रनको लक्ष्य  « Khabarhub

युएईद्वारा नेपाललाई एक सय ५८ रनको लक्ष्य 


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाललाई जितका लागि एक सय ५८ रनको लक्ष्य दिएको छ । श्रीलंकाको कोलोम्बोस्थित पी सारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४४ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५७ रनको योगफल बनायो । 

युएईका लागि लभप्रित सिंहले ८२ बलमा छ चौका र एक छक्काको मद्दतमा ५२ रनको योगदान दिए । त्यस्तै इथान डी सोजाले १८ रन बनाउँदा अस्वस्था भलथापाले १६ तथा आरयान्स शर्माले १४ रन बनाए । 

बलिङतर्फ नेपालका लागि कुशल भुर्तेल एक्लैले छ विकेट लिए भने श्याम ढकालले दुई विकेट झारे । त्यस्तै कुशल मल्ल र पवन सर्राफले समान १-१ विकेट लिए । समूह बी मा रहेको नेपालको आज समूहचरणको आफ्नो अन्तिम खेल हो । नेपाल र युएई समूह चरणबाट बाहिरिइ सकेका छन् । आजको खेल प्रतिष्ठाको लागि मात्रै हो । 

नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग चार विकेटले र दोस्रो खेलमा भारत ‘ए’ सँग नौ विकेटले पराजित भएको थियो । 

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  २ : ५१ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्