अध्यागमन कार्यालयले कामदारहरूलाई रोकेको घटनाप्रति आयोगको ध्यानाकर्षण  « Khabarhub

अध्यागमन कार्यालयले कामदारहरूलाई रोकेको घटनाप्रति आयोगको ध्यानाकर्षण 


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैदेशिक रोजगारीका लागि कुवेत र जोर्डन प्रस्थान गर्न लागेका कामदारहरूको प्रस्थान अनुमतिमा लगाइएको रोकप्रति राष्ट्रिय मानवअधिकार आयोगले ध्यानाकर्षण गरेको छ ।  

आयोगले एक विज्ञप्ति जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले १५६ जना कामदारहरूलाई रोकेको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

आकस्मिक रोकेको घटनाका विषयमा जिम्मेवार निकायहरूबीच सार्वजनिक रूपमै आरोप प्रत्यारोप भएको अवस्थाले ती निकायहरू श्रमिकहरूको अधिकारप्रति संवेदनशील हुन नसकेको आयोगले जनाएको छ। 

आयोगले वैदेशिक रोजगारीमा जाने क्रममा अध्यागमन कार्यालयबाट रोक लगाई फर्काइएका  कामदारहरूको आर्थिक क्षतिको आकलन गरी क्षतिपूर्तिको व्यवस्था गर्न आयोगले सरकारलाई आग्रह समेत गरेको छ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ४ : १५ बजे

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको