नेपालगञ्ज भन्सारमा लक्ष्यको ६२ प्रतिशत राजस्व असुली « Khabarhub

नेपालगञ्ज भन्सारमा लक्ष्यको ६२ प्रतिशत राजस्व असुली


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

राँझा– नेपालगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७९-०८० मा लक्ष्यको ६२ प्रतिशत मात्रै राजस्व असुली गरेको छ । गत आवमा भन्सार कार्यालयले लक्ष्यको ६२ प्रतिशत मात्रै राजस्व असुली भएको कार्यालयका प्रमुख भन्सार अधिकृत नरबहादुर थापाले जानकारी दिए। 

उनका अनुसार, कार्यालयलाई गत आर्थिक वर्षमा २९ अर्ब ३२ करोड ९५ लाख राजस्व असुली गर्ने लक्ष्य रहेकामा १८ अर्ब १९ करोड ६९ लाख राजस्व असुली भएको थियो । नेपालगञ्ज नाकाबाट आयात हुने पेट्रोलियम पदार्थबाट भन्सार कार्यालयले यसअघि सबैभन्दा धेरै राजस्व असुली गर्ने गरेको उनले बताए ।

गत वर्ष पेट्रोलियम पदार्थ आयातमा कमी भएको र मुलुकमा देखिएको आर्थिक मन्दीका कारण अन्य वस्तुको आयात बढ्न नसकेकाले राजस्व असुलीको लक्ष्य पूरा गर्न नसकिएको भन्सार अधिकृत तथा सूचना अधिकारी डिल्लीप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार गत आवमा राजस्व असुलीको निर्धारित लक्ष्य भेटाउन नसकेपछि चालु आर्थिक वर्ष २०८०-०८१ मा लक्ष्यमा केही कमी गरिएको छ ।

चालु आर्थिक वर्षमा कार्यालयले रु २८ अर्ब ६६ करोड २५ लाख लक्ष्य पाएको छ । यो लक्ष्य पुरा गर्न साउन महिनामा मात्रै रु एक अर्ब ८१ करोड ३० लाख लक्ष्य तय भएको सूचना अधिकारी शर्माको भनाइ छ । चालु आर्थिक वर्ष २०८०-८१ मा राजस्व असुलीको लक्ष्य पूरा गर्न मुख्य नाका जमुनाहमा रु एक सय भन्दा माथिको सामानमा भन्सार राजस्व लगाउनुका साथै ग्रामीण क्षेत्रबाट हुने राजस्व चुहावट रोक्न नियमित रुपमा भन्सार गस्ती बढाइएको उनले जानकारी दिए। 

घरेलु प्रयोजनका नाममा सीमापारी रुपैडिहा बजारबाट हजारौँको सामान खरिद गरेर राजस्व चुहावट गर्ने कार्य रोक्न केही समययता मुख्य नाका जमुनाहामा कडाइ गरिएको छ । सोही कारणले अहिले सीमापारीबाट रु एक सय भन्दा बढीको सामान खरिद गरेर ल्याउनेबाट राजस्व असुली गर्न थालिएको शर्माले बताएका छन् । उनका अनुसार मुख्य नाकामा राजस्व असुलीमा कडाइ गरिए पनि ग्रामीण क्षेत्रमा रहेका नाकाबाट हुँदै आएको तस्करी र अवैध आयात भने रोकिएको छैन । 

बाँकेको भारतसँग जोडिएको ६५ किलोमिटर खुला नाकामा तस्करी र अवैध आयात रोक्न सशस्त्र प्रहरीले कडा अभियान चलाएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत थापाको दाबी छ । 

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ४ : ४२ बजे

कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९००

रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

बाख्रापालनमा निर्भर शुक्लाफाँटाका बासिन्दा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको

आज चैते दसैँको घटस्थापना

काठमाडौँ– चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु