नगरकोट सीमांकन समस्या समाधान गर्न समिति गठन | Khabarhub Khabarhub

नगरकोट सीमांकन समस्या समाधान गर्न समिति गठन


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेपलाञ्चोक र भक्तपुरको सिमास्थलमा अवस्थित पर्यटकीय क्षेत्र नगरकोटमा बषौंदेखिको सीमांकन समस्या समाधानार्थ चार नगरका जनप्रतिनिधि सम्मिलित एक समिति गठन गरिएको छ । गठित समितिले अनुगमन निरीक्षण गरी एक महिनाभित्र सीमांकन समस्या समाधानका उपाय र विकल्पबारे प्रतिवेदन बुझाउने जनाइएको छ । 

नगरकोट काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका र बनेपा नगरपालिका तथा भक्तपुरको चाँगुनारायण नगरपालिका र शङ्खरापुुर नपाको सङ्गमस्थल पनि हो । नापी विभागका नापी अधिकृत डिल्लीप्रसाद दाहालको संयोजकत्वमा चारै नगरका वडाअध्यक्षलगायत जनप्रतिनिधि तथा काठमाडौँ, काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाका नापी कार्यालय प्रमुख एवं प्रतिनिधि, सम्बन्धित स्थानीय तहका नापी शाखा प्रमुख तथा प्रावधिक सम्मिलित समिति गठन गरिएको हो । 

उक्त समितिलाई व्यवस्थापनमा आवश्यक सहयोग स्थानीय नाल्दुम–नगरकोट विकास समितिले गर्ने छ । यसअघि चार नगरबीच सिमाङ्कनबारे पटकपटक बसेको बैठक तथा छलफलपछि मङ्गलबार बनेपाका नगर प्रमुख शान्रित्न शाक्य, मण्डनदेउपुर नगरका प्रमुख टोकबहादुर वाइवा, शङ्खरापुरका नगर प्रमुख रमेश नापित र चाँगुनारायणका नगरप्रमुख जीवन खत्री, स्थानीय पर्यटन व्यवसायी तथा सामुदायिक वनका पदाधिकारीलगायत सरोकारवालाबीचको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । 

नगरका प्रमुख वाइवाका अनुसार समितिको प्रतिवेदनका आधारमा सिमांकनको थप प्रक्रिया अघि बढाइनेछ । नगरकोटमा ‘पानी ढलो’का रुपमा काभ्रेपलाञ्चोक र भक्तपुर पर्ने बताइँदै आइएको छ । यसअघि भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लास्थित नगरकोटको पर्यटन विकासका लागि दुवै जिल्लाका सिमाना जोडिएका नगरले संयुक्त बजेट लगानी गर्ने प्रतिबद्धता जनाएका थिए । 

लामो समयदेखि सिमानामा रहेको सार्वजनिक जग्गा दुरुपयोग हुनाका साथै पर्यटन शुल्कमासमेत भक्तपुरको चाँगुनारायण नगर र काभ्रेको मण्डनदेउपुर नगरबीचको विवाद दीर्घकालीनरूपमा समाधान गरिएको थियो । उपत्यकाकै प्रमुख पर्यटकीय गन्तव्य नगरकोटको सीमांकन एवं यस क्षेत्रको पर्यटन विकासका लागि दुवै नगर संयुक्त भएर कार्य गर्ने सहमतिसमेत भएको थियो ।

यस्तै नगरकोटका ठूला होटलले नै सार्वजनिक जग्गा हडपी भवन नै बनाएर होटल सञ्चालन गरेको विषयमा समेत विवाद हुँदै आएकाले विद्यमान सबै समस्या समाधान गर्ने र त्यसस्थललाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले चाँगुनारायणका नगर प्रमुख खत्री र मण्डनदेउपुरका नगर प्रमुख वाईवासहितको टोलीबीच सहमति गरिएको थियो ।  

२०७९ पुसमा भएको सहमतिमा नगरकोटको सीमांकन गर्ने, सार्वजनिक जग्गा पहिचान गर्दै संरक्षण गर्ने र यसस्थललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने निर्णय गर्दै यसका लागि आगामी गुरुयोजना निर्माण गर्न दुवै नगरले रु १०–१० लाख बजेटसमेत विनियोजन गरिएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ४ : ५८ बजे

उपप्रमुख डंगोलले भनिन् : विश्वास गर्ने, सपना देख्ने र आशावादी मात्रै सफल हुन्छन्

काठमाडौं- काठमाडौं महानगरपपालिकाकी उपप्रमुख सुनिता डंगोलको विश्वास गर्ने, सपना देख्ने

संविधानको सुरक्षाका लागि काम गरिरहेका छौँ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री रमेश लेखकले देशमा शान्ति सुरक्षाको स्थिति अनुकूल रहेको

एमाले पोलिटब्युरो बैठक जारी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्युरो बैठकमा सदस्यहरूले आआफ्नो धारणा राख्ने

गाजाको चर्चमा भएको विस्फोटको संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा निन्दा

न्यूयोर्क– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गाजा पट्टीको चर्चमा भएको

सानेपामा सभापति देउवाका आठ तस्बिर

काठमाडौं- नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले शुक्रबार २८औँ