अल्जेरियामा सवारी दुर्घटना हुँदा चौँतिस जनाको मृत्यु « Khabarhub

अल्जेरियामा सवारी दुर्घटना हुँदा चौँतिस जनाको मृत्यु


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

अल्जियर्स- अल्जेरियाको दक्षिणी भागमा आज बिहान यात्रीवाहक एउटा बस दुर्घटना हुँदा ३४ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।

राजधानी अल्जियर्सबाट करिब दुई हजार किलोमिटर पर अवस्थित तामनरासेट शहरमा यात्रीबाहक बस र औद्योगिक उत्पादन बोकेको बाहन एकआपसमा ठोक्किँदा उक्त हताहति भएको उद्धारामा संलग्न एक अधिकारीले बताएका छन् ।

दुई वटा सवारी साधन ठोक्किँदा बसमा आगो लागेको थियो । उद्धारकर्मीहरुले जलेका केही लाश निकालेका छन् ।

दुवै सवारी साधन द्रुतगतिमा रहेकाले उक्त दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । गत वर्ष अल्जेरियामा २३ हजार सवारी दुर्घटना भएका थिए ।

ती दुर्घटनामा तीन हजार चार सय नौ जनाको ज्यान गएको तथा ३० हजारभन्दा बढी घाइते भएको सडक सुरक्षासम्बन्धी सरकारी निकायले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ७ : ३८ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको