नेपाली सेनाको संख्या कटौतीको निरर्थक बहस अनुचित, रहस्यमय र दुर्भाग्यपूर्ण : राप्रपा « Khabarhub

नेपाली सेनाको संख्या कटौतीको निरर्थक बहस अनुचित, रहस्यमय र दुर्भाग्यपूर्ण : राप्रपा


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेपाली सेनाको विषयमा अकारण निरर्थक बहस सिर्जना गर्न खोजिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राप्रपाले बुधबार विज्ञप्ति जारी गर्दै योजनाबद्ध रुपमा नेपाली सेनाको संख्या घटाउने र सेनाविहीन राज्यको परिकल्पनाजस्ता विषयहरू रहस्यमय, अनुचित र दुर्भाग्यपूर्ण रहेको बताएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जारी गरेको विज्ञप्तिमा केही स्वघोषित बुद्धिजीवी तथा केही राजनीतिक दलका जिम्मेवार नेताहरूबाट नै सेनाको सङ्ख्याबारे आएका अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।

राज्यको आर्थिक भार घटाउने प्रशस्तै उपायहरू विद्यमान रहेको र यसबारे राप्रपा बहस गर्न तयार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र एकताको पक्षमा इतिहासको कठितम कालखण्डमा समेत प्रतिबद्ध रहेको नेपाली सेनालाई कमजोर बनाउने गरी बहस केन्द्रित गरिन नहुने राप्रपाको विज्ञप्तिमा उल्लेख छ ।

नेपालको एकीकरणदेखि विश्वमा शान्ति कायम गर्ने कार्यमासमेत अलग पहिचान बनाएको नेपाली सेनाले विकास निर्माण सिमानाको रक्षा, सामरिक महत्व, वन्यजन्तु संरक्षण, हिमाली पर्वतमालाहरूलाई स्वच्छ राख्ने चुनौतीपूर्ण कार्यदेखि आन्तरिक सुरक्षा र विपद्को समयमा समेत प्रभावकारी ढंगबाट आफ्नो जिम्मेवार भूमिका निर्वाह गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तोमा सेनाको सङ्ख्याबारे बेमौसमी बहस गरिनु दुःखद र आपत्तिजनक रहेको राप्रपाको ठहर छ ।

देशको सैनिक संगठन भूराजनीति र सामरिक आवश्यकतालाई दृष्टिगत गरी गठन हुने भएकाले नेपाली सेनालाई आफ्नो दायित्वबाट विमुख गराइने कुनै पनि प्रयासलाई स्वीकार गर्न नसकिने राप्रपाले जनाएको छ ।

 

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ८ : २५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्