‘म्याउँ म्याउँ बिरालो’को गायन र पहिचान | Khabarhub Khabarhub

‘म्याउँ म्याउँ बिरालो’को गायन र पहिचान

‘अरुणा लामा र तारादेवी दिदीका गीतबाट प्रभावित भएँ’


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

नेपाली गीत संगीत क्षेत्रमा रेडियो नेपालको विशिष्ट योगदान छ। रेडियो नेपाल गीत संगीतका लागि प्रमुख ठाउँ हो। वर्षौंसम्म कुरेर एउटा गीत गाउने गायकगायिका आज नेपाली संगीत आकाशमा विशिष्ट परिचय बनाउन सफल भएका छन्। नेपाली गीत संगीत क्षेत्रमा रेडियो नेपालको योगदान, नयाँ र पुराना कलाकारको सम्बन्ध र नेपाली सांगीतिक क्षेत्रका विषयमा चर्चित बाल गीत ‘म्याउँ म्याउँ बिरालो’का गायिका सङ्गीता शाक्य थापासँग प्रभा थापाले गरेको कुराकानीको सम्पादित अंश :

६ वर्षको उमेरमा रेडियो नेपालबाट स्वर परीक्षण गरेर पास भएपछि गाएको गीत ‘म्याउँ म्याउँ बिरालो’ गायनको सम्झना कस्तो छ ?
मैले ६ वर्षको उमेरबाट रेडियो नेपालमा गीत गाएको हुँ। बाल गीत प्रतियोगीतामा भाग लिन ‘म्याउँ म्याउँ बिरालो’ गीत गएको र त्यहाँ प्रथम भएँ। यो गीतबाट नै मेरो सांगीतक यात्रा सुरु भयो।

तपाईंको पिताले तारादेवीलाई संगीत सिकाउने गर्नुहुन्थ्यो। त्यो बेला तपाईंले पनि साथ पाउनुभयो। त्यो यात्रा कस्तो रह्यो ?
घरमा सांगीतिक माहौल हुन्थ्यो। बुवासँग धेरै जना कलाकार गीत सिक्न आउनुहुन्थ्यो। सानैदेखि घरमा गितार बज्ने, हार्मोनियम गीतहरू बजिरहने हुँदा त्यही माहौलमा म पनि भिजे।

यो बीचको समयमा कतै हराउनु भएको जस्तो देखिन्छ नि ?
मैले छोडेको होइन। मेरो विज्ञापन आइरहन्थ्यो। जस्तो म आफै गायनमा सक्रिय भएँ। फोन आयो वा रेकर्डिङ भयो भने म जान्थेँ। एल्बममा गीत गाइरहेकी थिएँ। म गीत संगीतबाट हराएको छैन।

भजनमा पनि धेरै स्वर दिनुभएको छ ?
मैले ६ वर्षको उमेरदेखि नै धेरै बाल गीतहरु भजन र लोकगीत गाएँ। जब ११ वर्षको भएँ तब आधुनिक गीतहरू पनि गाएँ। रेडियो नेपालको वार्षिक उत्सवमा आधुनिक गीत प्रतिस्पर्धामा मैले पनि भाग लिएँ। त्यसमा पनि म प्रथम भएँ।

भजन र बाल गीत गाइरहँदा आधुनिक गीत गाउँदाको पल कस्तो रह्यो ?
मेरो स्वर बच्चाको जस्तै थियो। आधुनिक गीत गाउँदा स्वर बच्चाको जस्तो भएको कारणले धेरै आधुनिक गीत गाएँ तर आफूलाई नै चित्त नबुझेको कारणले छोडिदिएँ।

अहिले तपाईंहरूले नयाँ पुस्ताका गायन पुस्ता पुरानाबाट टाढा भए भनेर स्वर्णिम गायन समाज स्थापना गर्दै हुनुहुन्छ। यसको तयारी कस्तो भइराखेको छ ?
यसमा हामीले सबै कलाकारलाई ल्याएर तयारी सुरु गरिसकेका छौं। यसले राम्रो सन्देश छोड्ने हाम्रो विश्वास छ। नयाँ पुस्ताले पुराना कलाकारका गीत सुनेका छन्। तर कलाकार चिनेका हुँदैनन्। यसलाई समेट्न यो कार्यक्रम गर्दै गएका छौँ।

तपाईंले काम गर्ने क्रममा नयाँ पुस्ता र पुराना पुस्तामा के फरक पाउनुभयो ?
नयाँले पुरानोलाई सम्मान गर्छन्। तर त्यसमा शैली फरक हुन्छ। सङ्गीत हो यो दोहोरी रहन्छ। पहिला हामीले गाएका गीत पनि अहिले नयाँ शैलीमा आएका छन्। कुनै स्रष्टा सङ्गीतमा आउनु पूर्व पुराना नै गीतहरू गाएर आउनु हुन्छ। खुसी लाग्छ।

अहिले पुराना पुस्ता ओझेलमा परे भन्ने गुनासो पनि छ ?
अलिअलि टाढिएको हो किनभने पुरानो स्रष्टाका गीतहरू पहिला रेडियो नेपाल मात्र थियो। अहिले धेरै मिडिया आएका छन्। पहिला रेडियो नेपालबाट मात्र गीत रेकर्ड हुन्थ्यो। तर अहिले आफै खर्च गरेर स्टुडियोमा रेकर्ड गरेको कारणले पनि यो भएको होला।

त्यसैले प्रविधिले गायक बन्न एकदम सहज बनाएको छ। अहिले इच्छा भयो भने गाउन सकिन्छ। तर हाम्रो पालामा ३ वा ४ महिनामा रेडियो नेपालमा गीत गाउन एक पटक पालो आउँथ्यो। स्टुडियो खाली भएर गाउन बोलाउँदा धेरै गीत गाउन पाएका छौँ। आधुनिक गीत गाउन महिना लगाएर अभ्यास हुन्थ्यो। रेकर्ड पनि एक दिनभरमा एउटा मात्र हुन्थ्यो। अहिले एकै दिनमा पनि तीन वटा गीत रेकर्ड गर्न सकिन्छ।

एकै दिन तीन वटा गीत गाउँदा र महिनौं लगाएर एउटा गीत गाउनुको प्रतिफल चाहिँ कस्तो देख्नु हुन्छ ?
कति गीतमा आफूले कति फिलिङसमा डुब्नुपर्ने हुन्छ। चाँडो गाएका गीतहरुमा रेकर्ड पछि यस्तो गर्नुपथ्र्यो भन्ने हुन्छ। हामीले सबै जनाले ध्यान दिएर मेहनत गरेर गरेका हुन्छौँ। महिनौँ लगाएर प्राक्टिस गर्दा त्यो गीत हाम्रो दिमागमा छिरेको हुन्छ।

तपाईंलाई मन गर्ने गायक गायिका को हुन् वा प्रेरणा चाहिँ कोबाट लिनुभयो ?
मलाई राम्रो गीत गाउने सबै गायक गायिका मनगर्छ। मैले अरुणा लामा, तारादेवी दिदीका गीत धेरै सुनेँ।

यस्तो गीत गाउँछु र यस्तो गाउँदिन भनेर कसरी छान्नु हुन्छ ?
मलाई गीत भनेपछि यो गाउँदिन त्यो गाउँछु भन्ने छैन। गीत सङ्गीतमा म बच्चैदेखि रुचि भएको कारण सबै गीतहरू मन पर्छन्।

एउटा महिला यो क्षेत्रमा लाग्दा वैवाहिक परिवारमा कस्तो साथ रह्यो ?
अहिलेको तुलनामा हाम्रो पालामा गाह्रो नै थियो। म थापाको छोरी शाक्यसँग अन्तरजातीय विवाह गरेँ। तर म कलाकार भनेर सबैलाई थाहा थियो। त्यसमा घरको कामकाज छोडेर गीत गाउन अलि अप्ठ्यारो लाग्ने हुनेरहेछ। तर मैले घरको कामसँगै गीत पनि गाइरहेँ। श्रीमान् र घर परिवारको साथ मैले राम्रो पाएँ। हाम्रो ११ जनाको परिवार थियो। सबै व्यवस्था मिलाएर कतै जानुपर्ने बाध्यता हुन्थ्यो।

कालाकारलाई सरकारले देशको गहना भन्छ। तर त्यो अनुरूप गर्नुपर्ने काम गरेको देखिँदैन। किन होला ?
सरकारले गर्न चाहेमा धेरै कुरा गर्न सक्छ। त्यसमा केही कमी नै भएको हो। सरकारले वर्षको एक पटक भए पनि सबै कलाकारलाई जुटाएर कार्यक्रम गर्न सक्यो भने राम्रो हुन्छ।

सरकारले कहिले पनि पुराना स्रष्टा कहाँ गए के भए भनेर खोजी नीति गरेन। त्यसैले मलाई यस्तो एउटा संस्था बनाउने सोच थियो जहाँ पुराना स्रष्टालाई एक ठाउँमा ल्याउने। यो काम अब सुरु भयो। हामीले जति आफूभन्दा अग्रजलाई सम्मान गर्छौं त्यत्ति नै सम्मान नयाँ पुस्ताबाट हामीले पाउन सक्छौं। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ७ : ०२ बजे

ठाढीसहितका सीमानाका दुई चरणमा आठ दिन बन्द हुने

सिरहा– छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत

धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण अलपत्र

कैलाली– धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा

मुहान सुकेपछि ट्याङ्करको पानीमा निर्भर

पाँचथर– सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने

सयको नोटमा चुच्चे नक्साबारे भारतको असन्तुष्टि

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा