भाषा संरक्षणमा गुरुङ समुदाय « Khabarhub

भाषा संरक्षणमा गुरुङ समुदाय


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

चितवन–  विभिन्न जिल्लाबाट बसाइँसराइ गरी चितवन आएका गुरुङ समुदाय यतिबेला भाषा संरक्षणमा जुटेका छन् । 

स्याङ्जा, पर्वत, कास्की, गोरखा, लम्जुङ, तनहुँलगायतका जिल्लाबाट आएका गुरुङ समुदायको यतिबेला सिङ्गो गाउँ नै बनेको छ । बसाइँसराइसँगै भाषा लोप हुने अवस्था आएपछि उनीहरु यसको संरक्षणमा जुटेका हुन् ।

भाषा संरक्षणका लागि तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद् चितवनले दुई हप्ते गुरुङ भाषा प्रशिक्षणको सुरुवात गरेको छ । पहिलो प्रयासमै ५० जनाले भाषा कक्षामा सहभागिता जनाएका छन् । सोह्र वर्षदेखि ७४ वर्षसम्मका तमू, तमूस्यो भाषा प्रशिक्षण कक्षामा प्रशिक्षार्थीका रूपमा सहभागी भएका छन् ।

जिल्लामा करिब एक दशकअघि विद्यार्थी लक्षित भाषा कक्षा सञ्चालन भएको थियो तर, आम तमू समुदायको लागि यस्तो कार्यक्रम भएको थिएन । केही महिना अघि पूर्वी चितवनको राप्ती नगरपालिकामा चार दिने प्रशिक्षण सञ्चालन भएको थियो । ह्युल छोँज धीँले भने समग्र जिल्ला लक्षित गरेर कार्यक्रम चलाएको हो ।

हाललाई आन्तरिक स्रोतसाधन जुटाएर भाषा कक्षा सञ्चालन गरिएको तमू ह्युल छोँज धीँ, चितवनकी अध्यक्ष विमलादेवी गुरुङले बताइन् ।

गत साउन २१ गतेदेखि सञ्चालित भाषा कक्षामा टाढा टाढाबाट पनि मानिसहरू आउने गरेको उनको भनाइ छ । लोकदोहोरी गायक कृष्ण गुरुङले भने, ‘ह्युल छोँज धीँले कार्यक्रम आयोजना गरेर टाढै भए पनि धाइरहेको छु ।’ उनी भाषा सिक्नकै लागि इच्छाकामनाको कुरिनटारबाट भरतपुर आउजाउ गरिरहेका छन् ।

भरतपुर महानगरपालिका–१०, शिखरचोककी ७४ वर्षीय शारदा गुरुङ पनि जीवनको उत्तरार्द्धमा भाषा सिक्न दैनिक महाबौद्ध गुम्बा परिसर आउने गरेकी छन् ।  सिक्ने कुरा कहिल्यै नसकिने भन्दै ढिलै भए पनि भाषा सिक्न पाएको भन्दै यसलाई ह्युल छोँज धीँले निरन्तरता दिँदै जानुपर्नेमा उनले जोड दिइन् । 

धादिङमा जन्मिएर चितवनमा हुर्किएकी उनले लामो समयदेखि ह्युल छोँज धीँको विभिन्न पदमा बसेर नेतृत्व सम्हालिसकेकी छिन् ।

इच्छाकामनाको कुरिनटारमा जन्मिएर हाल सिमलढाप बस्दै आएकी १६ वर्षीया अस्मिता गुरुङ पनि भाषा सिक्नकै लागि भरतपुर बसेर कक्षा लिइरहेकी छिन् । आफ्नो घरमा पुस्तौँदेखि भाषा नबोल्दा भाषाबारे ज्ञान शून्य भएको हुँदा भाषा सिक्ने रहर जागेको उनको भनाइ छ ।

भाषा प्रशिक्षण कक्षामा नयाँदेखि पुराना पुस्तासम्मको उपस्थितिले थप हौसला मिलेको ह्युल छोँज धीँ चितवनका सचिव किशोर गुरुङले बताए । 

तमूस्यो ह्युल छोँज धीँ चितवनकी पूर्वअध्यक्ष उमिता गुरुङ, वर्तमान कार्यसमितिकी सचिव सीतादेवी गुरुङ तथा तमू सञ्चारकर्मी सङ्घ चितवनका अध्यक्ष तुलमान गुरुङले भाषा कक्षामा प्रशिक्षण दिइरहेका छन् । 

तमूस्यो ह्युल छोँज धीँ, तमू ह्युल छोँज धीँ, भरतपुर महानगर समिति, तमूस्यो ह्युल छोँज धीँ भरतपुर महानगर समितिको सहआयोजनामा तमू ह्युल छोँज धीँ जिल्ला कार्यसमिति चितवनले आयोजना गरेको गुरुङ भाषा कक्षा प्रशिक्षण भोलि सकिँदै छ ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ११ : ४५ बजे

अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाले पाएनन् उचित पारिश्रमिक 

धादिङ– निर्माण, कृषि तथा अन्य अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूले

सरकारले हामीलाई फुटबल नबनाओस्‌ : जेन–जी प्रतिनिधि

काठमाडौं– निर्वाचन कानुन र व्यवस्थापन सम्बन्धमा सिंहदरबारमा भएको छलफलका क्रममा

सर्वपक्षीय बैठकमा ओलीबारे कांग्रेसले भन्यो : नेतामाथि ‘स्थान हद’ लगाएर निर्वाचन हुन सक्दैन

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै

‘ह्वील अफ फर्च्यून’ टेलिभिजन शो होस्ट गर्दै अक्षय कुमार

काठमाडौं– बलिउडका चर्चित अभिनेता अक्षय कुमार लामो समयपछि टेलिभिजनमा पुनः

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य