प्रधानमन्त्री दाहालद्वारा यादवप्रति श्रद्धाञ्जली अर्पण | Khabarhub Khabarhub

प्रधानमन्त्री दाहालद्वारा यादवप्रति श्रद्धाञ्जली अर्पण


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद रामवृक्ष यादवप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा उहाँले यादवको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

तराई मधेसमा स्थापित यादव तत्कालीन नेकपा माओवादीका प्रभावशाली नेताका रुपमा परिचित थिए । जनयुद्धको सुरुआती चरणमा नै उनले २०५१ भदौ २ गते स्थानीय सबैला भन्ने स्थानमा शहादत प्राप्त गरेका थिए । माओवादीले यादवलाई सहिद घोषणा गरेको छ । 

जनताको हकहितका लागि सङ्घर्षरत यादवको स्मरणमा माओवादी केन्द्रले हरेक वर्ष भदौ २ गते श्रद्धाञ्जलीसभाको आयोजना गरी श्रद्धाञ्जली अर्पण गर्दै आएको पार्टी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

श्रद्धाञ्जली कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा र पम्फा भुसाल, उपमहासचिव वर्षमान पुनलगायतका शीर्ष नेता तथा कार्यकर्ता उपस्थित रहेका थिए । 

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  २ : ५९ बजे

स्तनपान गराउँदा ध्यान दिनुपर्ने कुरा के हुन् ?

‘आमाको दूध बच्चाका लागि अमृत समान हुन्छ’ भन्ने भनाइ हामीले

एसियाड महिला फुटबल : नेपालले आज भियतनामसँग पहिलो खेल खेल्दै

काठमाडौं– १९औं एसियाड अन्तर्गत महिला फुटबलमा नेपालले आज भियतनामसँग पहिलो खेल

शिक्षा विधेयकका बारेमा अखिल क्रान्तिकारीले सडक अन्तरक्रिया गर्ने

काठमाडौं– अखिल क्रान्तिकारीले शिक्षा विधेयकका बारेमा सडक अन्तरक्रिया गर्ने भएको

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज असोज ५ गते शुक्रबारका

घरमा चमेराले गुँड लगाउनु कस्तो संकेत हो ? 

कतिपय घरमा चराचुरुङ्गीले गुँड लगाएको पाइन्छ । धेरैको घरमा मौरीको