बकुलहर अस्पतालको शय्या निःशुल्क « Khabarhub

बकुलहर अस्पतालको शय्या निःशुल्क


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चितवन– पूर्वी चितवनमा रहेको रत्ननगर बकुलहर अस्पतालका ७६ शय्या निःशुल्क गरिएको छ । बागमती प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयको निर्देशनपछि अस्पतालले शय्या निःशुल्क गरेको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन ज्ञवालीका अनुसार भदौ १ गतेदेखि अस्पतालमा रहेका ९० शय्यामध्ये ७६ शय्या निःशुल्क गरिएको छ । उनका अनुसार अस्पतालका क्याबिन, सघन र बाल सघन उपचार कक्ष गरी १४ शय्याबाहेक अन्य शय्या निःशुल्क गरिएका छन् ।

अस्पतालमा यसअघि नै १० प्रतिशत शय्या तथा उपचार निःशुल्क गरिसकिएको डा ज्ञवालीले जानकारी दिए। प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयले मातहतका १३ अस्पतालका सबै शय्या निःशुल्क गर्न निर्देशन दिएको थियो । साउन २२ गते स्वास्थ्यमन्त्री उत्तम जोशीले भदौ १ गतेदेखि क्याबिन, बाल र सघन उपचार कक्षबाहेक अन्य सम्पूर्ण शैय्याहरू निःशुल्क गर्ने निर्णय गरेका थिए । मन्त्रीको निर्णयपश्चात् प्रादेशिक अस्पतालहरुका सामान्य शय्या  निःशुल्क गरिएका छन् । 

बिरामीको चाप बढ्दै गएपछि सरकारले नागरिकलाई सर्वसुलभ रुपमा सेवा दिने उद्देश्यले मन्त्रालयले मातहतका १३ अस्पतालमा शय्या निःशुल्क गराएको प्रदेशका स्वास्थ्यमन्त्री जोशीले जानकारी दिए। उनका अनुसार गत आर्थिक वर्षमा ती अस्पतालबाट सात लाख ५५ हजार २४ ले सेवा लिएका थिए । ‘स्वास्थ्य सेवालाई हुँदा खानेको पहुँचमा पुर्‍याउने उद्देश्यका साथ काम गरिरहेका छौँ’, मन्त्री जोशीले भने, ‘अब भर्ना भएका बिरामीले शय्या शुल्क तिर्नु पर्दैन ।’

प्रदेशका प्रयोगशालाहरुमा सर्वसुलभ रुपमा सेवा दिइएको भन्दै उनले डेङ्गु परीक्षण पनि निःशुल्क गरिएको बताए । प्रदेशभित्र रहेका सीमान्तकृत, सबै आश्रममा रहेका, अपाङ्गको (क) एवं र (ख) वर्गका व्यक्ति, स्वयम् सेविकालगायतको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरु गरिएको मन्त्री जोशीले जानकारी दिए। ‘पक्षघात र मस्तिष्क घात भएका बिरामीलाई उपचारमा सहुलियत दिइएको, प्यारालाइसिस भएका बिरामीलाई आयुर्वेद अस्पतालमा निःशुल्क फिजियो थेरापी गर्ने व्यवस्था गरिएको छ’, उनले भने।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ७ : ०९ बजे

अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाले पाएनन् उचित पारिश्रमिक 

धादिङ– निर्माण, कृषि तथा अन्य अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूले

सरकारले हामीलाई फुटबल नबनाओस्‌ : जेन–जी प्रतिनिधि

काठमाडौं– निर्वाचन कानुन र व्यवस्थापन सम्बन्धमा सिंहदरबारमा भएको छलफलका क्रममा

सर्वपक्षीय बैठकमा ओलीबारे कांग्रेसले भन्यो : नेतामाथि ‘स्थान हद’ लगाएर निर्वाचन हुन सक्दैन

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै

‘ह्वील अफ फर्च्यून’ टेलिभिजन शो होस्ट गर्दै अक्षय कुमार

काठमाडौं– बलिउडका चर्चित अभिनेता अक्षय कुमार लामो समयपछि टेलिभिजनमा पुनः

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य