‘माओवादी जनताको साथमा’ अभियान सञ्चालन हुँदै « Khabarhub

‘माओवादी जनताको साथमा’ अभियान सञ्चालन हुँदै


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सिन्धुली – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले तीन महिनासम्म ‘माओवादी जनताको साथमा’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्ने भएको छ । पार्टीका उपमहासचिव तथा बागमती प्रदेश इन्चार्ज जनार्दन शर्माले तीन महिनासम्म जिल्लामा अभियान सञ्चालन गर्ने बताए ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितिद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले भने, “तीन महिनासम्म जनतासँग सहकार्य गर्ने कार्यक्रम अगाडि बढाउँदैछौँ, त्यसको तयारीस्वरुप पालिका, जिल्ला–जिल्लामा समन्वय, भेटघाट र बैठक हुँदैछ ।”

उपमहासविच शर्माले अभियानअन्तर्गत जनताको साथमा गएर विभिन्न कार्यक्रम गर्ने, देशमा भएका उपलब्धि, यसका लागि गरिएको योगदान, पहलकदमीका बारेमा जनतालाई स्मरण गराउने तयारीका लागि आफू जिल्ला आएको जानकारी गराए । उनले समाजवादी यात्राका बारेमा जनतालाई बुझाउने र सरकारले गरेका कामलाई जनतामा स्थापित गर्नेलगायतका गतिविधि गरिने उल्लेख गरे ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ८ : ३६ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा