एक सातादेखि अवरुद्ध बुद्धसिंह मार्ग सञ्चालन « Khabarhub

एक सातादेखि अवरुद्ध बुद्धसिंह मार्ग सञ्चालन


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

दमौली – एक सातादेखि पहिराका कारण अवरुद्ध भएको बुद्धसिंह मार्ग सञ्चालनमा आएको छ । पृथ्वीराजमार्गको विकल्पको रुपमा रहेको बुद्धसिंह मार्ग एक सातादेखि अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती भएको थियो ।

तनहुँको बन्दीपुर गाउँपालिका–६ आँपखोलमा गत साउन २६ गते पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएकामा गाउँपालिकाको सहयोगमा पहिरो हटाएर उक्त मार्ग सञ्चालनमा ल्याइएको हो । गाउँपालिकाको सहयोगमा उक्त ठाउँको पहिरो हटाएर यातायात सञ्चालनमा ल्याइएको वडाध्यक्ष बलबहादुर गुरुङले जानकारी दिए ।

स्थानीयवासी हर्कबहादुर थापाले पहिरो हटाएपछि यातायात सञ्चालनमा सहज भएको बताए । “पहिराका कारण मानिससमेत हिँड्न नसक्ने अवस्था थियो, गाउँपालिकाले पहिरो हटाइदिएपछि यातायात चल्न थालेको छ ।”

उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिका केही वडाका हजारौँ नागरिकहरु दैनिक आवातजावत गर्ने गर्छन् । गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको वैकल्पिक सडकको रुपमा उक्त सडकलाई लिने गरिएको छ । गण्डकी प्रदेश सरकारले उक्त सडकको दमौलीदेखि व्यास नगरपालिका–१३ को सोढेसम्म १० किलोमिटर कालोपत्रेको तयारी गरेको छ ।

उक्त बुद्धसिंह मार्गलाई मुग्लिन–नारायणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्कीपुल निर्माणाधीन अवस्थामा छ । सो पुलको निर्माण सम्पन्न पश्चात बाटो छोटिन्छ । पुल निर्माणपछि सो सडक हुँदै यात्रा गर्दा हाल सञ्चालनमा रहेको पृथ्वी राजमार्गको मुग्लिन हुँदै नारायणगढ जानुभन्दा करिब २५ किलोमिटर छोटो पर्छ ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  १० : ४३ बजे

चितवनमा सङ्कलित शव समाधिस्थ गरिने

चितवन– रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका शव

भोटेकोशी बाढी : जलविद्युत सुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन

काठमाडौँ– सुनकोशी बाढीपछि त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका