दालचिनी खाँदाका ११ फाइदा « Khabarhub

दालचिनी खाँदाका ११ फाइदा


२ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

तेजपत्ताको बोक्रालाई दालचिनी भनिन्छ । दालचिनी र तेजपातको स्वाद सुवासिलो र मीठो हुन्छ । यसलाई अधिकतम मसलाको रुपमा प्रयोग गरिन्छ ।

दालचिनी श्रीलंकाबाट अन्यत्र फैलिएको मानिन्छ । इसापूर्व पाँचौँ शताब्दीतिर नै दालचिनी समुद्रको बाटो हुँदै मिश्रमा पुगिसकेको मान्यता छ । दालचिनीमा भएको पिरो पिरो स्वादमा औषधीय गुण पनि रहन्छ । दालचिनी र अलैँची मिलाएर प्रयोग गर्नाले भोजन पचाउन र पोषणमा मद्दत गर्दछ ।

दालचिनीको प्रयोगले कुन कुन समस्याको समाधान गर्छ ?

१. वाकवाक लाग्दा : एउटा सानो टुक्रा दालचिनी मुखमा राखेर चुसिरहने । खासगरी गर्भावस्थामा, मोटर चढेका बेला, गर्मी बढी हुँदा दालचिनी चुस्दा फाइदा हुन्छ ।

२. झाडापखाला लाग्दा : एक चम्चा जिराको धुलो, एक चम्चा अदुवाको धुलो र एक चम्चा दालचिनीको धुलो महमा मिसाएर लेदोजस्तो बनाएर दिनको तीन चोटी एक–एक चम्चा खाने ।

३. मुख गन्हाउँदा : दालचिनीलाई मसिना टुक्रा पारेर एक चम्चा पानीमा भिजाएर उमाल्ने र त्यस पानीले बारम्बार मुख कुल्ला गर्ने साथै मुखमा दालचिनी वा सुप राखेर चुसिरहने ।

४. कोलेस्ट्रोल कम गर्न : बिहान खालीपेटमा दालचिनी तातो पानीमा उमालेर खाँदा कोलस्टेरोल कम हुन्छ ।

५. मुटुरोगमा सहयोगी : मुटुलाई स्वस्थ राख्नका लागि दिनदिनै दालचिनी र मह सेवन गर्नु राम्रो हुन्छ ।

६. सुत्केरीको दूध बढाउन : आधा चम्चा दालचिनीको धुलो राखी एक कप दूधमा मिसाएर खाने ।

७. खोकी लाग्दा : आधा चिया चम्चा अदुवाको धुलो र एक चौथाइ चिया चम्चा दालचिनीको धुलो हालेर पानीमा पकाउने । पानी उमालेपछि कागती र मह पनि हालेर खाने । कागती र महले स्वाद बढाउनुका साथै चिसो हटाउन पनि मद्दत गर्छ ।

८. चिसो लागेर घाँटी दुख्दा : आधा चिया चम्चा दालचिनी र आधा चिया चम्चा मरिच पानीमा मिसाएर उमाल्ने र मह र कागती मिसाएर पिउने ।

९. मोटोपन घटाउँछ : एक गिलास पानीमा एक चम्चा दालचिनीको धुलो र मह उमालेर चियाको रुपमा दिनदिनै पिउँदा मोटोपन घटाउन मद्दत गर्छ ।

१०. दमका रोगीलाई लाभदायक : दमका रोगीहरुका लागि दालचिनीको प्रयो अत्यन्तै फाइदाजनक छ । यसको सेवनले स्मरणशक्ति बलियो हुन्छ ।

११. मधुमेहका लागि फाइदाजनक : मधुमेहका बिरामीका लागि दालचिनी निकै फाइदाजनक मानिन्छ । यसले इन्सुलिनको गतिविधिलाई उत्तेजित गरी शरीरमा इन्सुलिन प्रतिरोधलाई कम गर्दछ ।

दालचिनीको बेफाइदा

१) गर्भवती महिलाले दालचिनी खानु हुँदैन । यसको नियमित प्रयोगले पेटमा एसिडिटी बढेर पीडा हुनेगर्छ । समयभन्दा पहिला नै डेलिभरी हुने समस्या आउन सक्छ ।

२) कलेजोको समस्या भएका व्यक्तिले दालचिनीको प्रयोग गर्नुहुँदैन ।

३) रगत पाताले भएका वा रगत पातलो गर्ने औषधी सेवन गरिरहेकाहरुले यसको प्रयोग गर्नु हुँदैन ।

 

 

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ६ : २५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु