रूपन्देहीमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु « Khabarhub

रूपन्देहीमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु


२ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

रूपन्देही– रूपन्देहीको तिलोत्तमा नगरपालिकामा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका–९ केउलानीमा गएराति दुई समूहबीच झडप हुँदा हेटौँडा घर भई रूपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश स्याङताङको मृत्यु भएको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट गम्भीर घाइते स्याङताङको अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाका अनुसार एक होटलमा बसी मदिरा सेवन गरिरहेका उनीहरूबीचमा सामान्य विवाद बढ्दै जाँदा झडप भएको थियो । झडपका क्रममा घाइते भएका तीन जनामध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

घाइते हुनेमा काठमाडौँ महानगरपालिका–१ बस्ने विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार विभिन्न जिल्लाबाट रूपन्देहीमा आएर मजदुरी गर्दै आएका समूहबीच झडप भएको हो ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले केहीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  १० : १८ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको