ग्रामीण भेगका सामुदायिक विद्यालयलाई नमूना बनाइने « Khabarhub

ग्रामीण भेगका सामुदायिक विद्यालयलाई नमूना बनाइने


२ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गोदावरी– कैलालीको धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयलाई नमूना बनाउने योजना अघि बढाएको छ ।  

पहिलो चरणमा ग्रामीण भेगका पाँचवटा सामुदायिक विद्यालय छनौट गरी नमूना बनाउने योजना अघि बढाइएको हो । नमूना विद्यालय बनाउनका लागि पाँचवटै विद्यालयले पञ्चवर्षीय प्रस्ताव उपमहानगरमा पेस गरेको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीले बताए।

प्रस्ताव आएका सामुदायिक विद्यालयको उपमहानगरले अनुगमन गरिसकेको जनाइएको छ । पहिलो चरणमा धनगढी उपमहानगरपालिका–९ स्थित भवानी मावि, वडा नं ११ स्थित ठेकराज मावि, वडा नं १२ स्थित सिद्धनाथ मावि, वडा नं १६ स्थित बेहडाबाबा मावि र वडा नं १८ को चन्द्रोदय माविलाई नमूना विद्यालयका रुपमा अघि बढाइने उनले जानकारी दिए ।

नमूना विद्यालय विकासको प्रस्ताव उपमहानगरमा पेस भएकाले ती अध्ययन भइरहेको छ । विद्यालयले पेस गरेको प्रस्तावमा आवश्यक सुधार गरेर अगाडि बढ्ने योजना रहेको जनाइएको छ ।

धनगढी उपमहानगरपालिकाले नमूना विद्यालयले पठनपाठनको भाषा अङ्ग्रेजी बनाउने, शैक्षिक गुणस्तर कायमका लागि निःशुल्क शिक्षा शिक्षकहरूको क्षमता विकास गर्न शिक्षक तालिमको व्यवस्था गर्ने र अपुग शिक्षक उपमहानगरले नै भर्ना गर्ने योजना रहेको शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ । 

पठनपाठन गुणस्तरीय बनाउने जिम्मा मात्रै विद्यालय र शिक्षकले लिनुपर्नेछ भने प्राविधिक तथा आर्थिक सहयोग उपमहानगरपालिकाले बेहोर्नेछ । नमूना विद्यालयका लागि छनौटमा परेका विद्यालयमा शैक्षिकसत्र २०८१ देखि नमूना विद्यालय कार्यक्रम लागू हुनेछ । 

गुणस्तरीय शिक्षाको प्रत्याभूति दिलाउन विद्यालय सुधारको योजना ग्रामीण क्षेत्रबाट सुरु गरिएको उपमहानगरले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  १ : ३६ बजे

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

आज २०८३ साल असार २५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २५ गते बिहीबार सन् २०२६

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ