ग्रामीण भेगका सामुदायिक विद्यालयलाई नमूना बनाइने | Khabarhub Khabarhub

ग्रामीण भेगका सामुदायिक विद्यालयलाई नमूना बनाइने


२ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गोदावरी– कैलालीको धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयलाई नमूना बनाउने योजना अघि बढाएको छ ।  

पहिलो चरणमा ग्रामीण भेगका पाँचवटा सामुदायिक विद्यालय छनौट गरी नमूना बनाउने योजना अघि बढाइएको हो । नमूना विद्यालय बनाउनका लागि पाँचवटै विद्यालयले पञ्चवर्षीय प्रस्ताव उपमहानगरमा पेस गरेको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीले बताए।

प्रस्ताव आएका सामुदायिक विद्यालयको उपमहानगरले अनुगमन गरिसकेको जनाइएको छ । पहिलो चरणमा धनगढी उपमहानगरपालिका–९ स्थित भवानी मावि, वडा नं ११ स्थित ठेकराज मावि, वडा नं १२ स्थित सिद्धनाथ मावि, वडा नं १६ स्थित बेहडाबाबा मावि र वडा नं १८ को चन्द्रोदय माविलाई नमूना विद्यालयका रुपमा अघि बढाइने उनले जानकारी दिए ।

नमूना विद्यालय विकासको प्रस्ताव उपमहानगरमा पेस भएकाले ती अध्ययन भइरहेको छ । विद्यालयले पेस गरेको प्रस्तावमा आवश्यक सुधार गरेर अगाडि बढ्ने योजना रहेको जनाइएको छ ।

धनगढी उपमहानगरपालिकाले नमूना विद्यालयले पठनपाठनको भाषा अङ्ग्रेजी बनाउने, शैक्षिक गुणस्तर कायमका लागि निःशुल्क शिक्षा शिक्षकहरूको क्षमता विकास गर्न शिक्षक तालिमको व्यवस्था गर्ने र अपुग शिक्षक उपमहानगरले नै भर्ना गर्ने योजना रहेको शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ । 

पठनपाठन गुणस्तरीय बनाउने जिम्मा मात्रै विद्यालय र शिक्षकले लिनुपर्नेछ भने प्राविधिक तथा आर्थिक सहयोग उपमहानगरपालिकाले बेहोर्नेछ । नमूना विद्यालयका लागि छनौटमा परेका विद्यालयमा शैक्षिकसत्र २०८१ देखि नमूना विद्यालय कार्यक्रम लागू हुनेछ । 

गुणस्तरीय शिक्षाको प्रत्याभूति दिलाउन विद्यालय सुधारको योजना ग्रामीण क्षेत्रबाट सुरु गरिएको उपमहानगरले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  १ : ३६ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः