धानमा फड्के किराको प्रकोपले किसान चिन्तित | Khabarhub Khabarhub

धानमा फड्के किराको प्रकोपले किसान चिन्तित


२ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

देउखुरी– दाङको राप्ती गाउँपालिका–५ कालापानीका  अमर पौडेलले  रोप्नु भएको साँवा मन्सुली  धानका बोट सबै सुकेर पराल बनेको छ । पराल पनि गाईबस्तुलाई खुवाउन नमिल्ने भएको छ । फड्के  किराले असर गरेको छ । 

रोपेको करिब सय दिनसम्म राम्रै रहेको धानका केही बोटमा भदौको मध्य सातातिर किराले असर गर्न थाल्यो । अचानक धानका बोट सुकेर पहेँलो हुन थालेपछि उनले स्थानीय एग्रोभेटमा सम्पर्क गरे । त्यहाँबाट समस्या समाधान नहुने नभएपछि गाउँपालिकाको कृषि शाखालाई समस्याबारे जानकारी गराए। 

पालिकाबाट कृषि प्राविधिकले समस्याबारे जानकारी लिएपछि उनीहरूको को सल्लाह  सुझावअनुसार विषादी छर्के पनि धान मर्ने क्रम रोकिएन । ‘सुरुमा थोरै बोटमा समस्या  देखियो, के भएको रहेछ भनेर स्थानीय एग्रोभेटमा कुरा राखेँ  । यो ठाउँमा पहिलो पटक यस प्रकारको समस्या देखिएकाले पनि यही भएको हो भन्ने करा सुरुमा पत्ता लागेन । पछि पालिकाको कृषि शाखामा सम्पर्क गरेर धानमा भएको समस्याका बारेमा जानकारी गराएँ’, पौडेलले भने, ‘पालिकाका कृषि प्राविधिकले स्थलगत अध्ययन अनुगमन गरेर अवस्थाबारे जानकारी लिए । 

सिफारिस अनुसारको विषादी छर्के पनि काम गरेन । औषधि जहाँ छर्‍यो त्यहाँका कीरा मर्छ तर कीरा फेरि बाँचेर अरू ठाउँमा असर गरिरहेको छ ।’ करिब पाँच कट्ठा खेतमा  रोपेको धान सुकेर पराल बनेको छ । ‘अहिलेसम्म धान खेतमा यस्तो समस्या भएको थिएन । यो पटक धानको बोट राम्रो थियो फल राम्रो  लाग्ला भन्ने समयमा खै के भयो यस्तो बिजोग बनायो । वर्षभरि खाने धान सखाप भयो’, उनले भने। 

कृषक पौडेलको  धान खेतमा समस्या देखिएको जानकारी पाएपछि पालिकाले कृषि प्राविधिक पठाएर समस्या पहिचान गदै फड्के किराले असर गरेको पुष्टि गरेको थियो । अनुसन्धान गर्दा फड्के कीरा अर्थात् राइस होपरको प्रकोप पुष्टि भएको कृषि शाखा प्रमुख सीमा भट्टले बताए। उनका अनुसार उक्त गाउँपालिका–१, २, ५, ७ का वडामा फड्के किराको प्रकोप देखापरेकाले किसानलाई धान बाली भित्र्याउने बेलामा चिन्ता बढेको छ । धानका बोट धमाधम पहेँलो हुन थालेपछि पालिकाले के भएको हो भन्ने बारेमा बुझेर प्रकोप नियन्त्रणका लागि विषादी सिफारिस गरी थप प्रकोप नियन्त्रण गर्ने काम गरिरहेको कृषि शाखा प्रमुख भट्टले  बताए ।

वडा नं ७ का कालीराम चौधरीले आफूले रोपेको धानमा पनि फड्के किराको समस्या देखापरेको बताए । केही दिनसम्म राम्रो रहेको धानमा अहिले फड्के किराले असर गर्दै लगेको उनले उल्लेख गरे । सुरुमा धानको बोटमा तल्लो भागका पातहरू र पछि माथिल्ला पातहरुसमेत पहेँलिँदै जाने गरेको चौधरीको भनाइ थियो । फड्के किराको आक्रमणका कारण हालसम्म राप्तीमा करिब १५ बिघाभन्दा बढी क्षेत्रको धान बाली पहेँलो भएर सुक्न थालेको किसानको गुनासो छ ।

कृषि ज्ञान केन्द्रले उक्त गाउँपालिकाका विभिन्न वडामा देखापरेको फड्के किराको प्रकोप जिल्लामा पहिलो पटक देखापरेको जनाएको छ । यसअघि यस प्रकारको कुनै समस्या नदेखिएको हुँदा त्यहाँको अवस्थाबारे स्थलगत अध्ययन गरेर मात्रै जानकारी गराउने केन्द्रका प्रमुख नरेश धितालले बताए । फड्के कीरा धान बाली पसाउने बेलामा बढी मात्रामा देखापर्ने हुँदा कृषकले अबका दिनमा बढी सावधानी अपनाउनुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।

देउखुरी क्षेत्रमा करिब साढे १२ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकामा सबैभन्दा बढी धान खेती राप्ती गाउँपालिकामा हुने गरेको छ ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  २ : ०६ बजे

महानगरको सीप मेलामा डकर्मी तालिमका लागि आवेदन खुला

काठमाडौं– काठमाडौँ महानगरपालिकाले डकर्मी तालिमका लागि आवेदन आह्वान गरेको छ

महासंघ र पर्यटन मन्त्रीबीच भेट- पर्यटन क्षेत्रका छ समस्याबारे ध्यानाकर्षण

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले पर्यटन क्षेत्रमा देखिएका समस्यामा समाधान

‘पार्टी फुटाउन ठूलै खर्च गरेछन्, छाडेर गएकाहरू पछुताउने छन्’

काठमाडौं-  जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित गरिएपछि अध्यक्ष उपेन्द्र

निकुञ्जमा वन्यजन्तुका लागि कृत्रिम पोखरी

नवलपुर– लामो समयसम्म खडेरी परेपछि चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुका लागि

अनमोलले कटाक्ष गरेपछि प्रदीपको जवाफ : ए हो र ?

काठमाडौं – ‘अहिले मेरा कुनै योजना छैनन् । अरु कलारकारको