धमाधम बन्दै द्रुत सेवाको ‘डेडिकेटेड लेन’ « Khabarhub

धमाधम बन्दै द्रुत सेवाको ‘डेडिकेटेड लेन’


२ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ र भक्तपुरका विभिन्न क्षेत्रमा अहिले धमाधम द्रुत बस सेवाका लागि ‘डेडिकेटेड लेन’ बनाउने कार्य जारी छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सरकारको द्रुत बस सेवा सञ्चालन गर्ने योजनाअनुसार भोलिदेखि सञ्चालन गर्न लागिएको रत्नपार्कदेखि सूर्यविनायकसम्मका लागि बस सेवाको डेडिकेटेड लाइन तयार भइरहेको हो ।

अहिले पनि ‘रेड मार्क’ लगाउने कार्य जारी छ । कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले सम्बन्धित जिल्लाका सडक डिभिजन कार्यालयमार्फत डेडिकेटेड लेनका लागि रेड मार्क बनाउने कार्य भइरहेको बताए ।

विभिन्न चोक तथा घुम्तीहरुमा सोही अनुसारको मार्क लगाउने कार्य जारी छ । उनले दिउँसो भीडभाड हुने भएकाले धेरै काम राति भइरहेको पनि जानकारी दिए । केही ठाउँमा दिउँसो पनि काम भइरहेको छ । अहिले रत्नपार्क, माइतीघर, बानेश्वरलगायत क्षेत्रमा रेड मार्क गरिसकिएको छ । सरकारले भोलि संविधान दिवसको दिन पारेर उक्त द्रुत बस सेवा दिन लागेको हो ।

सुरुमा दुईवटा बस चल्ने जनाइएको छ । भोलि रत्नपार्कमा सेवा उद्घाटन गर्ने तयारी रहेको पनि प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए । द्रुत सेवाका लागि २५ वटा बस सञ्चालनमा ल्याउने योजना छ ।

उक्त सेवाका लागि ट्राफिक प्रहरीहरु परिचालन गरेर लेन खाली गरिने छ  । उक्त लेनमा अन्य गाडी रोक्नु नहुने र द्रुत सेवाका लागि बाटो छाड्न पर्छ भन्ने सङ्केत पनि दिइने उनले बताए ।

ट्राफिक प्रहरीले अब बसको ओहोरदोहोरमा व्यवस्थापन गर्न उक्त लेनमा अन्य सवारी चल्न नदिने भएको छ । द्रत हुनका लागि सहयोग पनि गरिने प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ५ : ०५ बजे

पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने

काठमाडौँ– सरकारले आध्यात्मिक तीर्थ कूटनीतिमार्फत पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ

विश्वकप लिग २ : त्रिवि मैदानमा आज नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको महत्त्वपूर्ण

पर्सा राष्ट्रिय निकुञ्जमा ‘वन्यजन्तु उद्धार टोली’ तयार

वीरगञ्ज– पर्सा राष्ट्रिय निकुञ्जले घाइते भएका वन्यजन्तुको तत्कालै उद्धारको लागि

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभीरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग

प्रतिनिधिसभा बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक