कांग्रेसको शेखर कोइराला समूहले पार्टी नेतृत्वलाई दबाब दिने | Khabarhub Khabarhub

कांग्रेसको शेखर कोइराला समूहले पार्टी नेतृत्वलाई दबाब दिने


२ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीका पूर्वनिर्धारित कार्यक्रमहरुलाई व्यवस्थित रुपमा अघि बढाउन नेतृत्वलाई दबाब दिने भएको छ ।

आसन्न केन्द्रीय समिति बैठकअघि मंगलबार काठमाडौंमा बसेको कोइराला समूहको बैठकले महासमिति बैठकको तयारी, समयमा नै १५ औं महाधिवेशन गर्ने तयारीलगायतका विषयमा नेतृत्वलाई दबाब दिने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस नेता दिलेन्द्र प्रसाद बडूले यसअघिको कार्यसमितिबाट पारित गरेको कार्यतालिकाको समिक्षा हुनुपर्ने र भएका कमीकमजोरीका बारेमा सुधार गरेर जाने विषयमा छलफल भएको बताए । उनले महासमितिको एजेण्डा तथा महाधिवेशनका लागि क्रियाशिल सदस्यको विषयलाई टुङ्गाउनका लागि तयारीबारे छलफल भएको जानकारी दिए ।

त्यस्तै, अहिलेको सन्दर्भमा सरकारले राम्रो काम गर्नुपर्ने र सन्तोषजनक अवस्था नरहेकाले जनता केन्द्रीत काम गर्नुपर्नेमा बैठकको जोड रहेको उहाले बताए ।

त्यस्तै कांग्रेस नेता सञ्जय गौतमले पार्टी र सरकारको कार्यसम्पादन प्रभावकारी बनाउनका लागि केन्द्रीय समितिमा ध्यानाकर्षण गराउने बताए । उनले कोशी प्रदेशमा पनि सरकार गठन गर्दा कांग्रेसले लिएको निर्णय न्यायसंगत नभएको निष्कर्ष रहेको जिकिर गरे ।

कोइराला समूहले विभिन्न विषयमा पार्टी सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने जनाएको छ । कांग्रेसको केन्द्रीय समिति बैठक असोज ४ गते बोलाइएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ८ : ०३ बजे

विश्वकप एसिया छनोट : नेपाल र हंकङबीचको खेल रद्द

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको

यस्तो बन्यो संसद् भवन (फोटो फिचर)

काठमाडौं– सिंहदरबारभित्र साढे पाँच वर्ष अघिदेखि निर्माण भइरहेको संसद् भवनको

वैशाखको चौँथो साता शेयर बजारमा ‘डेड क्याट बाउन्स’

काठमाडौं– वैशाखको चौँथो साता वैशाख २१ गतेदेखि २५ गतेसम्म शेयर

अध्यक्ष माधव नेपालको स्वास्थ्यमा सुधार

 काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार

नेविसंघमा साधारण सदस्यसमेत नरहने गरी कारबाही घोषणा गर्ने होडबाजी 

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा