‘प्रयोगकर्ता तथा आम सर्वसाधारणलाई सहज हुनेगरी नक्साङ्कन गर्नुपर्छ’ « Khabarhub

‘प्रयोगकर्ता तथा आम सर्वसाधारणलाई सहज हुनेगरी नक्साङ्कन गर्नुपर्छ’


२ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राजधानीको दरबारमार्गस्थित पेभेलियन हलमा आयोजित ‘एड्रेसिङ सिस्टम इन नेपाल, स्ट्यान्डर्डाइजिङ मेथड्स, ब्रिजिङ ग्याप्स एण्ड एक्सप्लोरिङ अपर्चुनिटिज’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्ने सरोकारवालाहरुले डिजिटल प्रविधिबाट नक्साङ्कन गर्दा प्रयोगकर्ता एवम् आम सर्वसाधारणलाई सहज हुनेगरी गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै ओपन स्ट्रिट म्यापका भूगोलविद् आइभान गेटिङले डिजिटल प्रविधिबाट ठेगाना निर्धारण गर्ने प्रणालीलाई अझ सुधार गर्नुपर्ने बताए । कार्यक्रममा उनले नक्साङ्कनका माध्यमबाट आम सर्वसाधारणमा मानवीय सुविधाको पहुँच पुर्‍याउन सहज हुने धारणा राखे ।

त्यसैगरी, कार्यक्रममा सहभागी हुलाक सेवा विभागका प्रतिनिधि दयानिधि लोहनीले हुलाक सेवाले पछिल्लो समय गुगलको प्लस कोड प्रयोग गर्दै आएको जानकारी दिए ।

कार्यक्रममा इन्जिनियर, विभिन्न स्टार्टअप कम्पनीका प्रतिनिधिहरु, स्थानीय तहका प्रतिनिधिहरु, नक्साङ्कनसम्बद्ध सरोकारवालाहरु, सहरी पूर्वाधारका विज्ञहरु, पत्रकार तथा आम सर्वसाधारणको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ९ : ३६ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका