हिमाली क्षेत्रका केही भूभागमा हिमपातको सम्भावना « Khabarhub

हिमाली क्षेत्रका केही भूभागमा हिमपातको सम्भावना


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। कोशी र बागमती प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सफा रहनेछ। देशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती भने  देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली  हुनुका साथै बाँकी भागको मौसम सफा रहनेछ । देशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

वर्षा तथा हिमपातका कारण जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधाका साथै चट्याङ्गको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ६ : २४ बजे

भारतले दियो नेपाललाई २ सय २० वटा गाडी

काठमाडौं– भारत सरकारले नेपाल सरकारलाई २ सय २० वटा सवारी

चुलिँदै इरान-अमेरिका तनाव, अर्को युद्धको संघारमा मध्यपूर्व

काठमाडौं- इरान र अमेरिकाबीच बढ्दो तनावले क्षेत्रीय सुरक्षास्थितिलाई थप जटिल

बालेनको चुनौतीपछि झापा ५ मा सघन रुपमा जुट्यो एमाले, टोलसम्मै चुनावी अभियान

दमक- नेकपा एमालेले झापा क्षेत्र नं. ५ मा चुनावी अभियानलाई

इरानको क्रान्तिकारी गार्डमाथि प्रतिबन्ध लागू गर्ने तयारीमा ईयू

ब्रसेल्स– राष्ट्रव्यापी विरोध प्रदर्शनमा तेहरानको दमनमा इरानको अर्धसैनिक क्रान्तिकारी गार्डमाथि

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस प्रदेशका