बेलायतका प्रधानमन्त्री सुनक आज इजरायल पुग्दै | Khabarhub Khabarhub

बेलायतका प्रधानमन्त्री सुनक आज इजरायल पुग्दै


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

तेल अबिव– बेलायती प्रधानमन्त्री ऋषि सुनक आज इजरायल पुग्दैछन् । अमेरिकी राष्ट्रपति जो बाइडेन इजरायल पुगेको भोलिपल्ट बेलायती प्रधानमन्त्री सुनक पनि पुग्न लागेका हुन् ।

बेलायती प्रधानमन्त्री सुनक इजरायलमा भएको आतंकवादी हमलाकाबीच आज तेल अबिवमा अवतरण गर्नेछन् । जहाँ उनले आफ्ना समकक्षी प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गर्नेछन् ।

सो क्रममा  सुनकले इजरायलका प्रधानमन्त्री नेतान्याहुका साथै इजरायली राष्ट्रपति इसाक हर्जोगलाई भेटवार्ता गर्नेछन् । उनले यस क्षेत्रको दुई दिने भ्रमणका क्रममा अन्य देशको पनि भ्रमण गर्ने अपेक्षा गरिएको छ ।

डाउनिङ स्ट्रिटका अनुसार सुनकले ‘हमासको क्रूर आतंकवादी हमलाको परिणाम स्वरूप इजरायल र गाजामा भएको भयावह जनधनको क्षतिको लागि शोक व्यक्त गर्नेछन्।’

प्रधानमन्त्रीले गाजामा प्रवेश गर्ने मानवीय सहायताको मार्ग जति सक्दो चाँडो खोल्न र त्यहाँ फसेका बेलायती नागरिकहरूलाई छोड्नका लागि पनि दबाब दिने छन्।

उता, विदेशमन्त्री जेम्स क्लिभरलीले आगामी केही दिनमा इजिप्ट, टर्की र कतारको भ्रमण गर्दैछन् ।

बेलायती अधिकारीहरूले यो पनि औंल्याएका छन कि रक्षा सचिव ग्रान्ट शाप्सले बुधवार वाशिंगटनमा आफ्ना अमेरिकी समकक्ष लोयड अस्टिनलाई उनीहरूको दृष्टिकोण समन्वयन गर्नका लागि भेटवार्ता गरेका छन् ।

उता, बाइडेन इजरायल पुगे पछि इरान माथि थप प्रतिबन्ध लगाउने घोषणा गरिएको थियो । इजरायल र हमास युद्धका बीच अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्धको घोषणा गरेको हो । 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अमेरिकाले इरानको ब्यालेस्टिक मिसाइल र यूएभीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको बताएका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ९ : ५१ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको स्थगित

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

मकवानपुरमा पुजारीको गोली हानी हत्या, एक जना पक्राउ

बागमती – मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा आज एक जनाको गोली

देउवा दम्पत्ति स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन जी

प्रधानमन्त्रीले भनिन्ः राज्यले भावना नबुझिदिँदा जेनजीमा बेचैनी बढ्यो

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री सुशीला कार्कीले युवाको भावना

गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आज साँझ काठमाडौँ उपत्यका ट्राफिक