डायलासिस उपचारमा तीव्रता | Khabarhub Khabarhub

डायलासिस उपचारमा तीव्रता


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालद्वारा सञ्चालित डायलासिस युनिटले डाइलाइसिस सेवालाई तीव्रता दिएको छ । युनिटले दुवै मिर्गौला फेल भएका बिरामीको उपचारमा गरिने दैनिक डाइलाइसिस सेवालाई तीव्रता दिएको हो ।

मधेस प्रदेशको सिराहा, बारा, पर्सा र बागमती प्रदेशको चितवन र मकवानपुरका गरी कूल ६३ मिर्गौलापीडित बिरामीले दैनिक डायलासिस गरिरहेका युनिटका इञ्चार्ज सीमा कँडेलले बताए। उनका अनुसार सबै बिरामीलाई निःशुल्क सेवा दिइएको छ ।

अस्पतालको डायलासिस युनिटमा हाल १४ मेसिन रहेका जनाउँदै कँडेलले त्यसमध्ये १२ मेसिन नियमित सञ्चालनमा रहेका बताए। एउटा मेसिन आकस्मिक बिरामी भई आउनेका लागि छुट्याइएको उनको भनाइ थियो । एउटा बिग्रिएकाले केही दिनभित्रै मर्मत गरेर पुनःसञ्चालनमा ल्याइने उनले जानकारी दिए।

अस्पतालमा डायलासिस सेवा सञ्चालन गर्न हेटौँडा उपमहानगरपालिका र रोटरी क्लब हेटौँडाले डायलासिस मेसिन खरिद गरी उपलब्ध गराउँदै आएको थियो । 

मिर्गौला बिरामीको सम्बन्धित विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण गरेपछि हप्ताको दुई पटक अनिवार्यरूपमा डायलासिस गराउनुपर्ने परामर्श दिने गरिएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौँका मिर्गौला विशेषज्ञ डा महेशराज सिग्देलले जानकारी दिए।  

डायलासिस सेवा लिने बिरामीलाई सम्बन्धित स्थानीय निकायको सिफारिसका आधारमा संघीय सरकारको स्वास्थ्य सेवा विभागअन्तर्गत विपन्न नागरिक उपचार सेवा महाशाखाले डायलासिस सेवालाई निःशुल्क प्रदान गर्दै आएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए ।

हेटौँडा अस्पतालमा आकस्मिकरुपमा डायलासिस सेवा लिने बिरामीसँग रू दुई हजार पाँच सय लिने गरेको जनाउँदै स्वास्थ्य बिमा कार्ड भएका बिरामीलाई निःशुल्क सेवा दिइरहेको अस्पतालका सूचना अधिकारी राजिव झाले उल्लेख गरे।

बागमती प्रदेशअन्तर्गत आपूर्ति व्यवस्थापन केन्द्रले पाँच वटा डायलासिस मेसिन अस्पताललाई उपलब्ध गराएको अस्पतालका मेसु डा रामचन्द्र सापकोटाले बताए । पछिल्लो समय मिर्गौलाका बिरामीको चाप बढेकाले आगामी डेढ महिनाभित्रै अर्को पूर्वाधार तयार गरेपछि उक्त मेसिन सञ्चालनमा ल्याइने उनले जानकारी दिए।

केही महिनाअघिसम्म हेटौँडास्थित चुरेहिल अस्पतालबाट डायलासिस सेवा सञ्चालन गरिएकामा हाल त्यहाँका बिरामीलाई हेटौँडा अस्पतालमा स्थानान्तरण गरिएको मेसु सापकोटाले जानकारी दिए। 

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ३ : २१ बजे

भियतनामसँग पराजित भएसँगै नेपाल एसियन कपबाट बाहिरियो

काठमाडौं – आगामी वर्ष साउदी अरेबियामा आयोजना हुने एएफसी एसियन

टी–२० वरीयतामा नेपालको एक स्थान सुधार

काठमाडौं – नेपाली क्रिकेट टोली आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरीयतामा एक

खेरसोनमा राष्ट्रसङ्घको सहायता टोलीमाथि रूसी आक्रमण

किभ, युक्रेन – युक्रेनको आंशिक रूपमा रूसी नियन्त्रणमा रहेको खेरसोन

पोखरा-मुस्ताङ जोड्ने वैकल्पिक सडक सञ्चालनमा

म्याग्दी – गण्डकी प्रदेशको राजधानी पोखराबाट पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने

काठमाडौं महानगरले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्दै

काठमाडौंँ – काठमाडौँ महानगरपालिकाले विपन्न, असहाय, बेवारिसेलगायत निःशुल्क उपचार प्राप्त