प्रहरी महानिरीक्षक कुँवरद्वारा जेएसटी तालिम समापन | Khabarhub Khabarhub

प्रहरी महानिरीक्षक कुँवरद्वारा जेएसटी तालिम समापन


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा सञ्चालित युएनपोल सर्टिफाइड इन्ट्रक्टर्स डेभलपमेन्ट कोर्स जब स्पेसिफिक ट्रेनिङ (जेएसटी) तालिम कार्यक्रमको समापन गरेका छन् ।

महानिरीक्षक कुँवरले तालिम संचालनको लागि सहयोग पुर्‍याउने संयुक्त राष्ट्र संघको सचिवालय लगायत सम्बन्धित संघसंस्था र निकायहरुप्रति आभार प्रकट गर्दै तालिमले अधिकृतहरुको प्रशिक्षकको रुपमा सिकाउने कला र क्षमतालाई वृद्धि गरेको र भविष्यमा शान्ति मिसनमा खटिने अधिकृतहरुको क्षमता अभिवृद्धि गर्न समेत मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

संयुक्त राष्ट्रिसंघीय प्रहरी डिभिजन र इन्टिग्रेटेड ट्रेनिङ सर्भिस र अमेरिकी विदेश मन्त्रालय अन्तर्गतको अन्तर्राष्ट्रिय नार्कोटिक्स र कानून कार्यान्वयन मामिला ब्यूरो (आईएनएल) को सहकार्यमा सो तालिम संचालन भएको हो । गत असोज १६ गतेबाट संचालन भएको तालिममा बंगलादेश, भुटान, फ्रान्स, भारत, मंगोलिया, नेपाल र श्रीलंका गरी ७ देशका १८ जना प्रशिक्षार्थी अधिकृतहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा बिशिष्ट अतिथि चिप्स अफ एसपीसी एनमेरी ओरर, निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु चन्द्रप्रकाश गौतम र वंशीराज दाहाललगायत राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी, सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ७ : ०६ बजे

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ 

झापा– झापामा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । कनकाई

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी

५२ संवैधानिक पदाधिकारी नियुक्त विरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौं– संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आजदेखि पुनः

सुनको मूल्यमा गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो 

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा ट्रक पल्टिँदा अवरुद्ध भएको नारायणगढ–मुग्लिन