प्रहरी महानिरीक्षक कुँवरद्वारा जेएसटी तालिम समापन « Khabarhub

प्रहरी महानिरीक्षक कुँवरद्वारा जेएसटी तालिम समापन


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा सञ्चालित युएनपोल सर्टिफाइड इन्ट्रक्टर्स डेभलपमेन्ट कोर्स जब स्पेसिफिक ट्रेनिङ (जेएसटी) तालिम कार्यक्रमको समापन गरेका छन् ।

महानिरीक्षक कुँवरले तालिम संचालनको लागि सहयोग पुर्‍याउने संयुक्त राष्ट्र संघको सचिवालय लगायत सम्बन्धित संघसंस्था र निकायहरुप्रति आभार प्रकट गर्दै तालिमले अधिकृतहरुको प्रशिक्षकको रुपमा सिकाउने कला र क्षमतालाई वृद्धि गरेको र भविष्यमा शान्ति मिसनमा खटिने अधिकृतहरुको क्षमता अभिवृद्धि गर्न समेत मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

संयुक्त राष्ट्रिसंघीय प्रहरी डिभिजन र इन्टिग्रेटेड ट्रेनिङ सर्भिस र अमेरिकी विदेश मन्त्रालय अन्तर्गतको अन्तर्राष्ट्रिय नार्कोटिक्स र कानून कार्यान्वयन मामिला ब्यूरो (आईएनएल) को सहकार्यमा सो तालिम संचालन भएको हो । गत असोज १६ गतेबाट संचालन भएको तालिममा बंगलादेश, भुटान, फ्रान्स, भारत, मंगोलिया, नेपाल र श्रीलंका गरी ७ देशका १८ जना प्रशिक्षार्थी अधिकृतहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा बिशिष्ट अतिथि चिप्स अफ एसपीसी एनमेरी ओरर, निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु चन्द्रप्रकाश गौतम र वंशीराज दाहाललगायत राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी, सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ७ : ०६ बजे

गृहमन्त्रीबारे अध्ययन गरिरहेका छौँ, अहिलेसम्म स्पष्टीकरण सोधिएको छैन : भूपदेव शाह

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री भूपदेव शाहले गृहमन्त्री सुधन गुरूङको

विद्यार्थी संगठन खारेजीविरूद्ध उभिए पूर्णबहादुर

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विद्यार्थी संघ–संगठन

सुरु भयो रातो मच्छिन्द्रनाथको रथयात्रा (तस्बिरहरू)

काठमाडौं– वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथयात्रा मंगलबारदेखि

शिक्षामन्त्रीको अपरिपक्व निर्णय श्रृंखलाले बालेन सरकारलाई नै पार्दैछ अप्ठ्यारोमा

काठमाडौं- फागुन २१ गतेको निर्वाचनताकाबाटै चर्चामा थिए सस्मित पोखरेल ।