इजरायली आक्रमणमा परी महिला नेतृको मृत्यु « Khabarhub

इजरायली आक्रमणमा परी महिला नेतृको मृत्यु


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – हमासको उच्च राजनीतिक नेतृत्वमा निर्वाचित पहिलो महिलाको गाजा पट्टीमा इजरायली आक्रमणमा मृत्यु भएको लडाकू समूहले बिहीबार जनाएको छ ।

उत्तरी गाजाको जाबालियामा बुधबार साँझ ६४ वर्षीया जमिला अल श्यान्टीको हत्या भएको हमासले जनाएको छ । उनी सन् २०२१ मा भएको आन्तरिक मतदानपछि २० जना सदस्य रहेको हमास आन्दोलनको राजनीतिक ब्युरोमा निर्वाचित हुने पहिलो महिला थिइन् ।

अर्की महिला फतिमा शुराब पनि सोही समयमा महिला आयोगको अध्यक्षको रूपमा स्वतः नियुक्तिको माध्यमबाट राजनीतिक शीर्ष नेतृत्वसँग सामेल भएकी थिइन् ।

इस्लामी समूहको महिला प्रतिनिधित्वको लागि स्पष्ट खुलापनलाई सङ्केत गर्ने भन्दै नेतृत्वमा उनीहरूको समावेशलाई त्यतिबेला अन्तर्राष्ट्रिय समुदायका लागि सकारात्मक सन्देश भएको भनी व्याख्या गरिएको थियो ।

सन् २००६ मा प्यालेस्टिनी संसद्मा निर्वाचित भएकी श्यान्टीको प्यालेस्टिनी राजनीतिमा लामो इतिहास छ ।सन् २००७ मा हमासले गाजाबाट प्यालेस्टिनी संसद्लाई हटाएर सत्ता कब्जा गरेयता चेम्बरको बैठक बस्न सकेको छैन ।

गाजामा गत अक्टोबर ७ तारिखदेखि इजरायली आक्रमणमा मारिएका हमासका कैयौँ सदस्यमध्ये श्यान्टीको पनि एक हुन् । युद्धका क्रममा इजरायलमा मारिएका एक हजार ४०० भन्दा बढी मानिसमध्ये अधिकांश हमासको चपेटामा परेका सीमावर्ती समुदायका नागरिक थिए ।

गाजामा इजरायली आक्रमणका कारण करिब तीन हजार ५०० व्यक्तिको मृत्यु भएको हमासद्वारा सञ्चालित क्षेत्रका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ८ : ५७ बजे

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा

कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिको नाम दर्ता आज पनि जारी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा

शुक्लाफाँटा नगरपालिकाद्वारा ६ महिनामा ७१ लाखभन्दा बढी राजस्व सङ्कलन

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र