लुटपाट गरेको आरोपमा दुई किशोर पक्राउ | Khabarhub Khabarhub

लुटपाट गरेको आरोपमा दुई किशोर पक्राउ


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

दाङ – तुलसीपुर उपमहानगरपालिका–९ दोघरेबाट नगद १ लाख रूपैयाँ र मोबाइल १ थान लुटपाट गरेको अभियोगमा सोही उपमहानगरपालिका–५ बस्ने १८ वर्षीय २ जना किशोरहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

सोही उपमहानगरपालिका–८ कृष्ण मन्दिर बस्ने १७ वर्षीय दिनेश वलीले माछापुछ्रे बैंकको एटिएमबाट नगद १ लाख रुपैयाँ निकाली घरतर्फ जाँदै गरेको अवस्थामा अपरिचित मानिसहरुले उनको साथमा रहेको नगद र मोबाइल लुटिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुर र अस्थायी प्रहरी पोष्ट बेलुवाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद र मोबाइलसहित सोही उपमहानगरपालिका–१० राईखल्यानमा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  १० : २१ बजे

Nepatop

पर्यटकको प्रतीक्षामा करबाकेली

बेनी– अग्लो डाँडाबाट दन्तेहलरजस्तै देखिने मनमोहक हिमशृङ्खला र राताम्मे भएको

भरतपुर हेल्थ हबको रूपमा विकास हुँदै गएको छ : प्रधानमन्त्री

भरतपुर- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ

अफ्रिकी राष्ट्र चाडमा विपक्षी नेताको गोली हानी गरियो हत्या

काठमाडौं– अफ्रिकी राष्ट्र चाडका विपक्षी राजनीतिज्ञ याया डिल्लो सुरक्षा बलहरूसँगको

विश्व फुटबलर पोग्बाले डोपिङको आरोपमा चार वर्षका लागि प्रतिबन्धित

काठमाडौं– विश्व फुटबलर पाउल पोग्बाले डोपिङको आरोपमा फुटबलबाट चार वर्षको

पुष्पा-२ को एक फाइट सिनका लागि ५० करोड खर्च

काठमाडौं– अल्लु अर्जुनको पुष्पाः २ उर्फ पुष्पाः द रुल बहुप्रतिक्षित