विश्वकप फाइनल: महत्त्वपूर्ण बन्नसक्छ ‘पावर प्ले’ | Khabarhub Khabarhub

विश्वकप फाइनल: महत्त्वपूर्ण बन्नसक्छ ‘पावर प्ले’

घरेलु मैदानमा उपाधि उचाल्ने दाउमा भारत


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

सन् १९८३ मा दाबेदार वेस्ट इन्डिजलाई हराउँदै पहिलो पटक विश्वकप क्रिकेटको उपाधि जितेको भारत तेस्रो पटक विश्वकप उपाधिको नजिक पुगेको छ। लगातार १० खेलमा जित हात पारेको भारतले उपाधिका लागि अस्ट्रेलियाको सामना गर्ने छ।

कमजोर सुरुवातका बाबजुद अस्ट्रेलिया लगातार ८ खेलमा जित हात पार्दै फाइनलमा प्रवेश गरेको छ। भारतले सहजै प्रतिद्वन्द्वीलाई हराएको छ भने अस्ट्रेलियाले कुनै खेलमा कडा चुनौतीको सामना पनि गरेको छ।

भारत घरेलु भूमिमा उत्साहित छ भने अस्ट्रेलियाको पछिल्लो खेल हेर्न लायक छ। विराट कोहलीको ५० औं एक दिवसीय शतक र ग्लेन म्याक्सवेलको दोहोरो शतकले चर्चा पाएको यस विश्वकपको अन्त्यमा प्यारा फिटमा उपस्थित हुने एक लाख दर्शक खुसी हुने हुन् या निराश प्रतीक्षाको विषय बनेको छ।

विश्वकप फाइनलको बारे विभिन्न आङ्कलन भई रहँदा पण्डितहरूको मत भने एउटै रहेको छ। ‘विन पावर प्ले विन गेम’को सोचमा दुवै टोली रहेका छन्। अहिलेसम्म भएका खेलमा पावर प्लेमा नै धेरै खेलका परिणाम निर्भर रहेका थिए।

दुवै सेमिफाइनलमा पावर प्लेमा हाबी भएका टोलीले नै जित हात पारेका थिए। दोस्रो सेमिफाइनलमा पावर प्लेमा नै ध्वस्त भएको दक्षिण अफ्रिकाले अस्ट्रेलियासँगको खेलमा डेभिड मिलरको उत्कृष्ट पारीको सहयोगमा खेलमा फर्कने प्रयास गरे पनि ट्रेभिस हेडको अलराउण्ड प्रदर्शनका कारण अस्ट्रेलिया फाइनल यात्रा तय गर्न सफल भएको थियो।

विश्वकपमा अहिलेसम्म पहिलो पावर प्लेमा भारतले ६ दशमलव ८७ को दरले रन बटुलेको छ भने अस्ट्रेलियाले ६ दशमलव ५५ को दरले रन प्रहार गरेको छ। भारतले सो अवधिमा ४ दशमलव ३४ का दरले रन खर्चिएको छ भने अस्ट्रेलियाले ४ दशमलव ७५ को दरले रनले रन खर्चिएको छ। यो दुई आँकडाले अहमदवादमा हुने फाइनलमा अस्ट्रेलियालाई दाबेदार बनाएको छ।

विश्वकपमा भारतको बलिङ सुरुवात मोहम्मद सिराज जसप्रित बुमराहले गरेका थिए। सुरुवातमा हल्का स्वीङ हुने पिचमा अस्ट्रेलियाका दुई बायाँ हाते ब्याट्सम्यानको विरुद्धमा मोहम्मद सामीले बलिङको सुरुवात पनि गर्न सक्नेछन्। सामीले विश्वकपमा बायाँ हाते ब्याट्सम्यानको विरुद्धमा ५२ बलमा ५२ रन खर्चेका छन्। ट्रेभिस हेडलाई अफ स्टम्प बाहिर बल स्वीङ गराउन तथा डेभिड वार्नरको विरुद्धमा ए राउन्ड द विकेट बलिङ गर्न पनि उनको प्रयोग हुन सक्नेछ।

वार्नरले बुमराहको विरुद्धमा एक दिवसीय खेलमा १ सय ३० बलमा १ सय १७ रन प्रहार गरेका छन्। एक पटक पनि आउट भएका छैनन्। अस्ट्रेलियाका बलर नयाँ बलमा राम्रो जमेका थिएनन्। पहिलो खेलमा जोस हजेलउडले नै भारतलाई सङ्कटमा धकेलेका थिए। त्यसपछि धेरै स्वीङ हुने पिचमा दक्षिण अफ्रिका २३ रनमा चार विकेट गुमाएको थियो।

अहमदवादको पिचमा होजेल उड फेरि प्रभावकारी हुन सक्ने छन्। तथापि बलको मुभमेन्ट राम्रो नभएमा मिचेल स्टार्क महँगो पनि साबित हुनसक्ने छन्। स्टार्कको बलमा स्वीङ नभएमा अस्ट्रेलियाले सुरुवाती केही ओभरमा नै प्याट कुमीन्सलाई प्रयोग गर्नसक्ने छ। कुमीन्सको लेन्थ बल अहमदवादमा उपयोगी हुन सक्ने छ।

चेन्नाइमा भएको खेलमा होजेलउडले सानदार बलिङ गरेपछि भारतले २ रनमा तेस्रो विकेट गुमाएको थियो। यस पटक पनि रोहित शर्माका लागि होजेलउड टाउको दुखाइको विषय हुनसक्ने छन्।

अस्ट्रेलियाले पहिलो पावर प्ले मा नै धेरै जोखिम उठाउने छ। सो जोखिम कामीयावी हुन्छ या हुँदैन यसले खेलको परिणामलाई धेरै असर गर्न सक्ने छ। भारतको टोलीमा यथावतै रहने पक्का छ। तर अस्ट्रेलियाबाट लाबुसचाङ्गे या स्टोनिस मध्यको भन्ने बहस हुनसक्ने छ। हार्दिक पाण्डे घाइते नभएको भए सिराजको स्थानमा रविचन्दै आश्विनको सम्भावना थियो। आश्विनले अस्ट्रेलियासँगको लिग चरणको खेल मात्र खेलेका थिए।

लाबुचाङ्ले बायाँ हाते स्पिनरको सामु सधैँ सङ्घर्ष गरेका स्टोनीसको सम्भावना पनि बढेको हो। अस्ट्रेलियाको चाहना ग्लेन म्यासवेललाई ३० ओभरपछि मात्र क्रिजमा पठाउन हुनसक्ने छ।

मध्य ओभरमा यस खेलमा पनि रवीन्द्र जडेजा छाउने अपेक्षा गरिएको छ। यस विश्वकपमा ४ दशमलव २५ को दरले रन खर्चिएका उनले दाँया हाते ब्याट्सम्यानको विरुद्धमा ४ दशमलव १८ को दरले रन खर्चिएका छन्। अस्ट्रेलियाको तेस्रो र सातौँ क्रममा ब्याट्सम्यान दायाँ हाते छन्।

कुलदीप यादवले विश्वकपमा २४ दशमलव ५३ को औसतले विकेट लिएका छन्। उनको इकोनोमी ४ दशमलव ३२ छ। अस्ट्रेलियाको बायाँ हाते ब्याट्सम्यानको विरुद्धमा उनी पहिलो पावर प्लेमा नै हतियार हुनसक्ने छन्।

बलमा रिभस स्वीङ देखिन सक्ने छ भने भारतका मध्यक्रमका ब्याट्सम्यान श्रेयार ऐयारलाई एडम जाम्पाको विरुद्धमा खेल्न सहज पनि हुनसक्ने छ। पछिल्ला तीन विश्वकप फाइनलमा पछि ब्याटिङ गर्ने टोलीले जित हात पारेका छन्। चार टी–२० विश्वकपमा पनि त्यसै भएको छ। अहमदाबादमा भएका लिग चरणका चार खेलमध्ये तीन खेलपछि ब्याटिङ गर्ने टोलीले जितेका छन्। दुई आईपीएल फाइनल पनि पछि ब्याटिङ गर्ने टोलीले जितेका छन्।

यस विश्वकपको सुरुवातदेखिको अहिलेसम्मको प्रदर्शन हेर्दा भारत नि सन्देश मुख्य दाबेदार हो। तथापि तकालीन समयको मौसमको उपयोग, पिच कन्डिसन र टस त मुख्य कारण हो। सायद एक लाख जनाको माझमा भारतले नयाँ खुसी मनाउन सक्छ। स्रोतः क्रिकइन्फो

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ८ : ४९ बजे

त्रिभुवन विमानस्थल क्षेत्रमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही हुने

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा

श्रीलंकामा दिसानायकेले राष्ट्रपतिको शपथ लिँदै गर्दा नेपाल छिरेका राजापाक्षे लुम्बिनी पुगे

काठमाडौं- कोलम्बोमा नवनिर्वाचित वामपन्थी रास्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ लिँदै

जेलेन्स्कीलाई भेटेपछि ट्रम्पले भने- युक्रेनमा रूसको युद्ध समाप्त गर्ने समय आयो

काठमाडौं– दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिको दौडमा रहेकाडोनाल्ड ट्रम्पले शुक्रबार

त्रिशुलीमा फसेका थप एउटा टिप्पर र दुई स्काभेटर बाढीले बगायो

काठमाडौं – त्रिशुली नदीमा आएको बाढीले सुपर त्रिशुली जलविद्युत योजनाका

प्रधानमन्त्रीले राष्ट्रसंघमा उठाए जलवायु परिवर्तन, गरिबी र युद्धदेखि गौतम बुद्धसम्मका कुरा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामार्फत