भारतमा सुरुङमा फसेका ४१ कामदारको उद्धार गर्ने प्रयास जारी « Khabarhub

भारतमा सुरुङमा फसेका ४१ कामदारको उद्धार गर्ने प्रयास जारी


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय उद्धारकर्मीहरूले एउटा भत्किएको सुरुङमा फसेका ४१ कामदारलाई बाहिर निकाल्न ठाडो सुरुङ बनाउने विचार गरिरहेका छन् । सुरुङमा फसेका कामदारलाई बाहिर निकाल्ने प्रयास दोस्रो हप्तामा पुगेको छ ।

एक्सक्याभेटरहरूले गत आइतबारदेखि उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङबाट माटो, कङ्क्रिट र भग्नावेशष निकालिरहेका छन् । निरन्तर खसेको भग्नावशेषका साथै महत्वपूर्ण भारी ड्रिलिङ मेसिन बारम्बार बिग्रँदा वायुसेनाले नयाँ उपकरणमा दुई पटक एयरलिफ्ट गर्नुपर्दा उद्धार प्रयास सुस्त भएको छ । अधिकारीहरूका अनुसार भग्नावशेषका बीच कर्कश आवाजले ‘आतङ्कको स्थिति’ उत्पन्न भएपछि शुक्रबार राति ड्रिलिङ बन्द गरिएको थियो ।

सरकारको राजमार्ग तथा पूर्वाधार निर्माण कम्पनी एनएचआईडीसीएलले भग्नावेश अझै खस्ने सम्भावनाका कारण उद्धार कार्य रोकिएको थियो ।

सुरुङमा फसेकाहरूसँग रेडियोमार्फत कुराकानी गर्ने आफन्तहरूका अनुसार उनीहरुमने अवस्था गम्भीर छ र उनीहरूले मनोबल कम भएको बताएका छन् । “उनीहरू रोइरहेका छन्, उनीहरूलाई बचाउनका लागि भइरहेका उद्धार प्रयासबारे हामीले झुट बोलिरहेको हो कि भनेर सोध्न थालेका छन्”, आफ्नो नाम उल्लेख नगरी एक आफन्तले शनिबार पत्रकारहरूलाई भने ।

इन्जिनियहरूले भग्नावेशको माध्यमबाट करिब ९० सेन्टिमिटर (करिब तीन फिट) चौडाइ भएको स्टिलको पाइप तेर्सो रूपमा चलाउने प्रयास गरिरहेका छन् । उद्धार कार्यमा संलग्न वरिष्ठ अधिकारी भाष्कर खुल्बेका अनुसार उद्धारकर्मीको टोलीले अहिले माथिबाट समेत पूरै नयाँ सुरुङ खन्ने विचार गरिरहेका छन् ।

“हामीले कामदारहरूलाई बचाउन सबै विकल्प खोजिरका छौँ, हामीसँग स्रोत, विकल्प र विधिको कुनै कमी छैन”, उनले भने ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  १ : २१ बजे

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम

थारु संस्कृति, परम्परा र सभ्यता संरक्षण गर्नु पर्छ : प्रदेश प्रमुख मियाँ

धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु संस्कृति,परम्परा र सभ्यता

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप