छठ एकता र सद्भावको पर्व : मुख्यमन्त्री पाण्डे « Khabarhub

छठ एकता र सद्भावको पर्व : मुख्यमन्त्री पाण्डे


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउन छठ पर्वले सबैलाई प्रेरणा दिने बताएका छन् ।

छठ पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले समाजमा विद्यमान विभेद र विसङ्गतिलाई अन्त्य गर्दै समतामूलक र सुसंस्कृत समाज निर्माणका लागि सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

“छठ पर्वले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन तथा सामाजिक एकतालाई कायम गर्दै सुशासन, समृद्धि र सामाजिक न्यायसहितको समुन्नतिको मार्गमा अग्रसर हुन हामी सबैलाई प्रेरणा मिल्ने मैले विश्वास लिएको छु”, मुख्यमन्त्री पाण्डेद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

उनले भूगोल र क्षेत्रफलका हिसाबले सानो भए पनि भाषा, कला, संस्कृति, चाडपर्व र सभ्यताका दृष्टिले नेपाल विश्वमै वैभवशाली रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  १ : ३३ बजे

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको

भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित पाँच हजार ११६ परिवारलाई छ महिनाभित्र

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको