बङ्गलादेशका क्रिकेट कप्तान शकिब अब राजनीतिमा | Khabarhub Khabarhub

बङ्गलादेशका क्रिकेट कप्तान शकिब अब राजनीतिमा


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

ढाका- बङ्गलादेशका क्रिकेट सुपरस्टार शकिब अल हसन औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका छन् । आगामी जनवरी ७ मा हुने आम निर्वाचनका लागि उनले सत्तारूढ बङ्गलादेश अवामी लिगबाट उम्मेदवारीका लागि नामाङ्कन माग गरेका छन् ।

अवामी लिगका संयुक्त महासचिव बहाउद्दीन नसिमका अनुसार शकिबले चुनावमा तीन निर्वाचन क्षेत्रबाट लड्नका लागि शनिबार पार्टीबाट नामाङ्कन फाराम लिएका छन् । प्रमुख प्रतिपक्षीहरूले सो निर्वाचन बहिष्कार गर्ने तयारी गरिरहेका छन् । क्रिकेट अलराउन्डर शकिबलाई स्वागत गर्दै संयुक्त महासचिव नसिमले भने, “उहाँ सेलिब्रिटी हुनुहुन्छ र देशका युवाहरूमाझ लोकप्रिय हुनुहुन्छ ।”

शकिबको उम्मेदवारीको पुष्टि प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा रहेको सत्तारूढ पार्टी संसदीय बोर्डले गर्नुपर्नेछ । नसिमका अनुसार शकिबले आफ्नो दक्षिण–पश्चिम गृहजिल्ला मगुरा वा राजधानी ढाकामा कुनै एक स्थानबाट निर्वाचन लड्ने आशा व्यक्त गरेका छन् । पछिल्लो १५ वर्षदेखि १७ करोड जनसङ्ख्या भएको बङ्गलादेशको नेतृत्व गरिरहेकी हसिनामाथि मुलुकमा कठोर शासन गरेको आरोप लगाइएको छ । यदि विपक्षी दलहरूले निर्वाचनलाई बहिष्कार गरेको खण्डमा उनी चौथो पटक सत्तामा फर्कने करिब निश्चित छ ।

हसिनाले मुलुकमा प्रभावशाली आर्थिक वृद्धि हासिल गरेकी छिन् तर पश्चिमी मुलुकहरूले प्रजातान्त्रिक मूल्य मान्यता खस्केको भन्दै उनलाई चेतावनी दिएका छन् । साथै पछिल्ला दुई निर्वाचनमा उनीमाथि विपक्षीहरूले निर्वाचनमा धाँधली गरेको आरोप लगाएका छन् । क्रिकेट खेल अत्यन्त लोकप्रिय भएको दक्षिण एसियामा क्रिकेटरहरूका लागि राजनीतिमा आउनु कुनै नयाँ कुरा होइन ।

यद्यपि खेल करियरकै क्रममा राजनीतिमा आउनु दुर्लभ हो । पूर्वक्रिकेट कप्तान मशरफ मुर्तजा सन् २०१८ मा राजनीतिामा प्रवेश गरेका थिए र सोही वर्ष उनी सत्तारूढ दलबाट विधायक निर्वाचित भएका थिए । राजनीतिमा ध्यान केन्द्रित गर्न खेल छाड्नुअघि उनले सन् २०१९ विश्वकपमा बङ्गलादेशको नेतृत्व गरेका थिए । तीन वटै ढाँचामा बङ्गलादेशका नियमित कप्तान शकिब अहिले औँलाको चोटबाट ग्रसित छन् ।

सो चोटले उनलाई न्युजिल्यान्डविरुद्धको आगामी टेस्ट शृङ्खला छोड्न बाध्य बनाएको छ । उहाँलाई विश्वकपमा श्रीलङ्काविरुद्धको प्रतियोगिताका क्रममा चोट लागेको थियो । सोही प्रतियोगितामा उनले श्रीलङ्काका एन्जेलो म्याथ्युजविरुद्ध एउटा असामान्य अपिल गरेपछि चर्चा बटुलेका थिए । उनको सोही अपिलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा म्याथ्युज पहिलो पटक टाइम आउट भएका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  २ : ०७ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको