बङ्गलादेशका क्रिकेट कप्तान शकिब अब राजनीतिमा « Khabarhub

बङ्गलादेशका क्रिकेट कप्तान शकिब अब राजनीतिमा


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

ढाका- बङ्गलादेशका क्रिकेट सुपरस्टार शकिब अल हसन औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका छन् । आगामी जनवरी ७ मा हुने आम निर्वाचनका लागि उनले सत्तारूढ बङ्गलादेश अवामी लिगबाट उम्मेदवारीका लागि नामाङ्कन माग गरेका छन् ।

अवामी लिगका संयुक्त महासचिव बहाउद्दीन नसिमका अनुसार शकिबले चुनावमा तीन निर्वाचन क्षेत्रबाट लड्नका लागि शनिबार पार्टीबाट नामाङ्कन फाराम लिएका छन् । प्रमुख प्रतिपक्षीहरूले सो निर्वाचन बहिष्कार गर्ने तयारी गरिरहेका छन् । क्रिकेट अलराउन्डर शकिबलाई स्वागत गर्दै संयुक्त महासचिव नसिमले भने, “उहाँ सेलिब्रिटी हुनुहुन्छ र देशका युवाहरूमाझ लोकप्रिय हुनुहुन्छ ।”

शकिबको उम्मेदवारीको पुष्टि प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा रहेको सत्तारूढ पार्टी संसदीय बोर्डले गर्नुपर्नेछ । नसिमका अनुसार शकिबले आफ्नो दक्षिण–पश्चिम गृहजिल्ला मगुरा वा राजधानी ढाकामा कुनै एक स्थानबाट निर्वाचन लड्ने आशा व्यक्त गरेका छन् । पछिल्लो १५ वर्षदेखि १७ करोड जनसङ्ख्या भएको बङ्गलादेशको नेतृत्व गरिरहेकी हसिनामाथि मुलुकमा कठोर शासन गरेको आरोप लगाइएको छ । यदि विपक्षी दलहरूले निर्वाचनलाई बहिष्कार गरेको खण्डमा उनी चौथो पटक सत्तामा फर्कने करिब निश्चित छ ।

हसिनाले मुलुकमा प्रभावशाली आर्थिक वृद्धि हासिल गरेकी छिन् तर पश्चिमी मुलुकहरूले प्रजातान्त्रिक मूल्य मान्यता खस्केको भन्दै उनलाई चेतावनी दिएका छन् । साथै पछिल्ला दुई निर्वाचनमा उनीमाथि विपक्षीहरूले निर्वाचनमा धाँधली गरेको आरोप लगाएका छन् । क्रिकेट खेल अत्यन्त लोकप्रिय भएको दक्षिण एसियामा क्रिकेटरहरूका लागि राजनीतिमा आउनु कुनै नयाँ कुरा होइन ।

यद्यपि खेल करियरकै क्रममा राजनीतिमा आउनु दुर्लभ हो । पूर्वक्रिकेट कप्तान मशरफ मुर्तजा सन् २०१८ मा राजनीतिामा प्रवेश गरेका थिए र सोही वर्ष उनी सत्तारूढ दलबाट विधायक निर्वाचित भएका थिए । राजनीतिमा ध्यान केन्द्रित गर्न खेल छाड्नुअघि उनले सन् २०१९ विश्वकपमा बङ्गलादेशको नेतृत्व गरेका थिए । तीन वटै ढाँचामा बङ्गलादेशका नियमित कप्तान शकिब अहिले औँलाको चोटबाट ग्रसित छन् ।

सो चोटले उनलाई न्युजिल्यान्डविरुद्धको आगामी टेस्ट शृङ्खला छोड्न बाध्य बनाएको छ । उहाँलाई विश्वकपमा श्रीलङ्काविरुद्धको प्रतियोगिताका क्रममा चोट लागेको थियो । सोही प्रतियोगितामा उनले श्रीलङ्काका एन्जेलो म्याथ्युजविरुद्ध एउटा असामान्य अपिल गरेपछि चर्चा बटुलेका थिए । उनको सोही अपिलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा म्याथ्युज पहिलो पटक टाइम आउट भएका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  २ : ०७ बजे

ट्राफिक प्रहरीको कारबाहीबाट २१ लाख ८६ हजार राजस्व दाखिला

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले एकै दिन दुई हजार २९९

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा करिब दुई हजार विद्यार्थी दीक्षित हुँदै

कर्णाली– मध्यपश्चिम विश्वविद्यालयले सिनेट, दीक्षान्त र वार्षिकोत्सव बुधबार आयोजना गर्ने

राधास्वामी होल्डिङ सेन्टरमा तीन दिनदेखि खाना बन्द : आश्रित भोकभोकै

काठमाडौँ – कीर्तिपुरको राधास्वामीस्थित सुकुमवासी होल्डिङ सेन्टरमा तीन तीनदेखि खाना

मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

मुस्ताङ– मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बीवाईडी कम्पनीको

निर्माणाधीन संसद्‍ भवन, केही काम अझै बाँकी (तस्बिरहरू)

काठमाडौँ– सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्रको प्रतिनिधि सभाको नयाँ हल निर्माण