नरेन्द्र मोदी रंगशालामा पहिला ब्याटिङ गर्ने टिम बलियो « Khabarhub

नरेन्द्र मोदी रंगशालामा पहिला ब्याटिङ गर्ने टिम बलियो


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वकप क्रिकेटको फाइनल खेलमा अहिले भारत र अस्ट्रेलिया खेलिरहेका छन् । अहमबादस्थित नरेन्द्र मोदी रंगशालामा भइरहेको खेलमा टस हारेको भारतले ब्याटिङ गरेको छ ।

फाइनल खेलमा भारतले कुनै पनि खेलाडी परिवर्तन गरेको छैन भने अस्ट्रेलियाले पनि यस अघिका खेलाडीलाई नै निरन्तरता दिएको छ ।

१ लाख ३० हजार दर्शक क्षमता रहेको यो रंगशाला स्पिनरका लागि उपयुक्त देखिएको छ । सुख्खा पिच भएका कारण यसले स्पिनरलाई फाइदा पुग्ने देखिन्छ । पिचको प्रकृती अनुसार ब्याटिङ गरेर ठूलो स्कोर बनाउने टिमका लागि खेल सजिलो हुने अनुमान लगाइएको छ ।

जारी विश्वकपमा यो मैदानमा चार खेल भएका छन् । जसमा लक्ष्य पछ्याउने टिमले तीन खेल जितेका छन् । यो मैदानमा ब्याटिङ पहिले गरेर जित्ने टिम अस्ट्रेलिया मात्र हो ।

यो मैदानमा हालसम्म ३२ खेल हुँदा १७ खेलमा पहिले ब्याटिङ गर्ने टोलीले जितेको छ भने १५ खेलमा पछ्याउने टोलीले जित निकालेको छ । भारतीय टोलीले भने यो मैदानमा कुल १९ खेल खेलेको छ ।

जहाँ भारतले ११ खेल आफ्नो पक्षमा पार्दा कुल ८ खेलमा भने हार ब्यहोरेको छ । अस्ट्रेलिया भने यो मैदानमा कुल ६ खेल खेल्दा ४ मा जित र २ हार ब्यहोरेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  २ : ३९ बजे

अनेरास्ववियुद्वारा भृकुटीमण्डपमा टायर बालेर प्रदर्शन

काठमाडौं– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भृकुटीमण्डपमा टायर बालेर

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, माइतीघर क्षेत्र तनावग्रस्त (तस्बिरहरू) 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टी

सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’

पाटन– नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूलाई ‘संसदीय सचेतना

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिंकर उत्पादन सुरु

बागमती– लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिंकर उत्पादन

इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून

एजेन्सी– अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानका खोनदाब र खुजेस्तानस्थित