दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी मंगलबारदेखि सुरु हुने | Khabarhub Khabarhub

दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी मंगलबारदेखि सुरु हुने


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी आगामी मंगलबारदेखि सुरु हुने भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर ५ देखि ९ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनीको आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने प्रदर्शनीमा दक्षिण एसियासहित चीन, अमेरिकालगायत १५ भन्दा धेरै देशका प्रकाशक, उत्पादक तथा वितरकहरुको सहभागिता रहने संघका महासचिव शिवसागर शर्माले जानकारी दिए । प्रदर्शनीको १५ लाखले अवलोकन गर्ने अपेक्षा रहेको उनले बताए ।

महोत्सवले दक्षिण एसियाली राष्ट्रहरूबीच शिक्षा, साहित्य, संस्कृति र सञ्चार आदानप्रदानको माध्यमबाट समेत आपसी सम्बन्ध प्रगाढ बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ४ : १० बजे

खोटाङमा १४३ जनाको आँखाको शल्यक्रिया

खोटाङ– नेत्रज्योति सङ्घ खोटाङले दिक्तेलमा आयोजना गरेको तीनदिने निःशुल्क आँखा

चर्चामा १२ भाइ : गृहमन्त्रीदेखि गोविन्द केसीसम्म

काठमाडौं- पछिल्लो समय नेपालको राजनीति उतारचढावपूर्ण, विवादास्पद एवं बैरागलाग्दो देखिएको

दिगो विकासका लक्ष्य प्राप्तिमा स्वीडेनले सघाउने

काठमाडौं– नेपालको दिगो विकास लक्ष्य प्राप्तिमा स्वीडेनले सघाउने प्रतिबद्धता व्यक्त

आईपीएल : आज दिल्ली र लखनउ खेल्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र

तीन दशकपछि तीन खानको चर्चा

साहरुख, सलमान र अमिर खान मध्यको सबै भन्दा धनी साहरुख