फिलिपिन्समा भूकम्पका कारण मृत्यु हुनेको सङख्या ८ पुग्यो « Khabarhub

फिलिपिन्समा भूकम्पका कारण मृत्यु हुनेको सङख्या ८ पुग्यो


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

मनिला- दक्षिणी फिलिपिन्समा शुक्रबार दिउँसो आएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।

राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापन परिषदले जनाएअनुसार मृतकहरूको सङ्ख्या अझै पनि यकिन हुन बाँकी रहेको छ भने प्रान्तीय अधिकारीहरूले त्यसबारे निरन्तर मूल्याङ्कन गरिरहेका छन् ।

भूकम्पबाट १ हजार ५ सयभन्दा बढी मानिस प्रभावित भएका छन् । विद्यालय भवन, सरकारी भवन, पुल, सडक, निजी प्रतिष्ठानलगायत करिब ५० घर र ७० भन्दा बढी अन्य भौतिक संरचनामा क्षति पुगेको छ । कतिपय क्षतिग्रस्त सडकमा यातायात सुरु गर्न नसकिएको प्राधिकरणले जनाएको छ ।

अपतटीय भूकम्पको झड्काले अपराह्न ४ बजेर १४ मिनेट जाँदा ७२ किलोमिटरको गहिराइमा डाभाओ ओक्सीडेन्टलको सारंगानी शहरबाट ३४ किलोमिटर उत्तर पश्चिममा ठूलो कम्पन ल्याएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ६ : ३१ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको